बुधबार, चैत्र २६, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयनगर गाउँ कमिटीको बैठक सम्पन्न

फागुन २९ कपिलवस्तु ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयनगर गाउँ कमिटीको बैठक विहिवार सम्पन्न भएको छ । नेकपालाई सशक्त रुपले मजबूत बनाउन बैठक बसेको विजयनगर गाउँ कमिटीले जनाएको छ ।

आज बसेको बैठकले समग्र विजयनगर गाउँपालिकामा रिपोर्टिङ् गर्ने, शर्कुलर, परिपत्र वाचन तथा कार्यान्वयन र तीन महिने अभियानलाई सशक्त ढङ्गले सञ्चलन गर्ने निणर्य गरेको गाउँ कमिटी अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।

नेकपाले तीन महिने अभियान कार्यक्रम अन्तर्गत विभिन्न कमिटी गठन, नविकरण, घरदैलो, विकास योजना संकलन, अनुगमन, पार्टी प्रबेश कार्यक्रम सञ्चालन, प्रशिक्षण र समिक्षा गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ ।

कार्यक्रम विजयनगर गाउँ कमिटीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता, जिल्ला सचिव राम चन्द्र शाहको प्रमुख आतिथ्यता तथा भरत पोखरेलको आतिथ्यतामा सम्पन्न भएको छ ।