बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

भिडियाे सुटिङ्ग गर्नमा भ्याइ नभ्याइ खुमराज घिमिरे

अराज बेल्बासे ,फाल्गुन  २८-अर्घाखाँचीमा पुराना अनि चर्चित गायक खुमराज घिमिरेलाइ आज भाेली भ्याइ नभ्याइ छ । अर्घाखाँचीकाे शितगंगा निवासी घिमिरेले अहिले आफ्नाे गाउ बस्ति शितगंगाकाे बारेमा समेटेकाे गित जति हेर्याे झन राम्राे शितगंगा बाेलकाे गितमा नगरपालिकाका बिभिन्न स्थानमा पुगि छायांकन गरेका छन ।

छायांकनकाे समय पहिलाे पटक बिभिन्न स्थानमा पुगेका घिमिरे यहाकाे मननाेरम दृष्यले भावबिभल समेत भए । शितगंगाकै गायिका राधिका  आचार्य र खुमराज घिमिरेकाे जतिहेर्याे झन राम्राे शितगंगाकाे छायांकन सकिसकेकाे छ केहि दिनमै सार्वजनिक हुने घिमिरेले जानकारी दिए ।

यस्तै नयाँ गित कुहुकुहु,कैली बाेलकाे गितकाे समेत छायांकन सकिएकाे छ । यस्तै कुनै समयमा आमाकाे सम्झनामा सारा नेपालीले गुनगुनाएर चर्चित भइ सकेकाे आमा तिम्लाइ सम्झेर झलझली धुरुधुर रुन्छ मेराे मन पुन नेपाली सांगितिक अाकासमा अाउने भएकाे छ । त्यति बेला निकै चर्चा बाेटुलेकाे याे गितले पुन स्राेताकाे माया संगै दर्शककाे पनि माया पाउनेमा अाशावादी छन गायक घिमिरे यस्तै घिमिरेकै अर्काे चर्चित गित घर अर्घाखाँचीमा बाेलकाे गितकाे पनि छायांकन भएकाे छ ।

देश बिदेशमा रहेका धेरै नेपालीकाे चाहना अनुसार याे गितकाे छायांकन गरिएकाे उनकाे भनाइ छ १५ बर्ष पहिले रेडियाे टेलिभिजन र रिल क्यासेट किनेर निकै घनकिएकाे याे गित बजारमा आए पछि धेरै नेपालीले अर्घाखाँची ठाँउ छ भन्ने थाहा पाएका थिए ” त्यति बेला भिडियाेकाे चलन थिएन गाउमै आएर भिडियाे गर्ने सपना थियाे बल्ल पुरा भयाे घिमिरेले बताए “।

याे गितल समेत पुन बजार पिट्ने आशामा छन गायक घिमिरे । दशकाै देखि याे क्षेत्रमा लागेका गायक घिमिरे आफु मात्र अगाडि बढेका छैन्न याे क्षेत्रमा लाग्न चाहने जाे काेही लाई सहयाेग गर्न कहिले पछि परेका छैन्न उनकाे सहयाेगमा याे क्षेत्रमा लागेका कयाै कलाकार अहिले देश बिदेशमा चर्चित भएका छन । घिमिरेका यि बाहेक डाकटर साहेप,मिर्मिजालैमा लगायतका चर्चित गित हरु बजारमा आइ सकेका छन ।