शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

दाङ काठमाडौँ रुटमा भित्रिए सुविधा सम्पन्न रात्रि बस

फागुन २६, दाङ । तुलसीपुरस्थित अम्विकेश्वरी यातायात प्रालिले झन्डै एक करोड मुल्य बराबरका बसहरु भित्र्याएको छ । जिल्लामा नै पहिलो पटक यति महंगो बसहरु भित्र्एिको प्रालिका सचिव घनश्याम बस्नेतले बताए। आइतवार प्रालिले झन्डै दुई करोड जति मुल्य पर्ने दुईवटा बस भित्र्याएको हो ।

जिल्लामायति महंगो बस पहिलो पटक भित्रिएको हो एउटा बसको मुल्य ९० लाख जति परेको छ,’ बस्नेतले भने ‘बसमा यात्रु बस्ने सिटहरु अन्य बसको भन्दा सुविधा सम्पन्न छन् । मज्जाले फोल्डिन गर्न मिल्छ ।

हरेक सिटमा बल्याङकेट पनि राखिएको छ । एसी चलाउँदा कुनै यात्रुलाई जाडोरचिसो महसुश गरेमा ओड्न सक्छन् । यात्रुले चाहेको समयमा झ्यालपनि खोल्न मिल्ने सुविधा छ ।

बस भित्र यात्रुको निगरानीका लागि अगाडि र पछाडि सिसी टिभीपनि छ ।नयाँ बसले सोमवारदेखि तुलसीपिुर–काठमान्डौं रुटमा रात्रि सेवा सुरु गर्दै छन् । तर यी बसमा यात्रा गर्नेले अरु बस भन्दा केही बढी रकम तिर्नुपर्ने छ ।

दाङ–काठमान्डौं बस भाडा प्रति व्यक्ति साढे १२ सय रुपैंया कायम गरिएको सचिव बस्नेतले जानकारी दिए । अन्य बसमा दाङ–काठमान्डौंको भाडा एक हजार ५० रुपैंया तिर्नु पर्छ ।