शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

लाहापेमा संचालित अर्घाखाँची महोत्सवमा सम्झना लामिछानेले नचाई दर्शकलाई, दर्शकको भिड बढ्दो क्रममा

गणेश बेल्बासे संगम, र्घाखाँची । अर्घाखाँची औधोगिक कृषि व्यापार तथा पर्यटन महोत्सव-२०७६ शुक्रबार देखि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ लाहापे सातमारा स्थित राप्ती पुल छेउको बगरमा सुरू भएको छ ।

 

हिजो देखि सुरु भएको सोही महोत्सबको आज दोस्रो दिन लोक तथा दोहोरी गायिका सम्झना लामिछानेले आफ्ना लोक तथा दोहोरी गितका भाकाले दर्शकलाई नचाईकी छिन । बिच बिचमा युवा युवतीहरुलाई हौस्याएर सायरी र भाकाहरु दिन सिपालु सम्झनाका प्रस्तुतिले युवा युवतीहरु रमाइलो मान्दै ठाउँ पुगी नपुगी नाचेका थिए । कार्यक्रममा सम्झनाले आफ्ना चर्चित गित गाएकी थिइन ।

त्यस्तै आजको कार्यक्रममा लोक तथा दोहोरी गायक शक्ति चन्द, मोडल रुबिना अधिकारी, मोडल राजु केसी लगायत स्थानिय कलाकारहरुको साथमा एक प्रतिष्ठित बेस्ट डान्स ग्रुप र सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुती रहेको थियो । स्थानीय कलाकारहरुका गित र नृत्यले पनि कार्यक्रम स्थललाई तताएको थियो ।

 

महोत्सवमा बाल उद्यम, चर्खे पिङ, झुलाका साथै स्थानिय तथा ख्याती प्राप्त केन्द्रीय कलाकारहरुको प्रस्तुती रहनेछ । महोत्सबमा १ सय २० वटा स्टल रहेका छन् । यसै गरि महोत्सवमा सर्वसाधारणका लागि टिकट दर रू. ७०, विद्यार्थीका लागि ४० र ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपांग, दृष्टिविहिनलाई भने शुल्क नलाग्ने आयोजकले बताएको छ ।

 

शितगंगा नगरपालिकाको संरक्षक एवं समन्वयमा एकता युवा क्लव लाहापेको आयोजनामा महोत्सव सुरू भएको हो । कला संस्कृतिको संरक्षण, पर्यटन स्थलको पहिचान गर्दै विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ संचालित अर्घाखाँची औधोगिक कृषि व्यापार तथा पर्यटन महोत्सव-२०७६ आगामी चैत्र ३ गते सम्म चल्ने छ ।