बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

तौलिहवामा नेकपाको घरदैलो अभियानको कार्ययोजना निर्माण

कपिलवस्तु २४ फागुन –
यता नेकपा कपिलवस्तुले संचालन गर्ने ३ महिने विशेष अभियान अन्तर्गत कपिलवस्तु नगर कमिटीले बिशेष कार्ययोजना निर्माण गरेकोछ । आज तौलिहवामा बसेको नगर कमिटीको बैठकले यस्तो योजना वनाएको हो । जस अनुसार चैत्र महिनाको पहिलो हप्ता भित्र नगरका सबै वडाका बैठकहरु बस्ने , दोश्रो हप्ता र तेश्रो हप्तामा घरदैलो अभियान गरेर पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्ने निर्याय गरेको छ ।

चैत्रको चौथो हप्तामा जनप्रतिनिधीले गरेका विकास निर्माणका राम्रा कामको सूची तयार पार्ने , अनियमितता गर्ने जनप्रतिनिधीका कामको समेत अलग्गै सूची तयार पार्ने , गैससले गरेका राम्रा र जनतालाई ड्काउने शैलीका गतिविधीको विवरण तयार पार्ने ,सरकारी कार्यलयवाट जनताले सहजै सेवा पाए नपाएको अनुगमन गर्ने निर्णय गरेको छ ।

बैशाख र जेठमा गर्ने पार्टी एकता सुदढीकरण तथा जनसम्वन्ध विस्तार अभियानका कामको विस्तृत खाका पुन अर्काे बैठक बसेर तयार पार्ने निर्णय बैठकले गरेको छ । नगरकमिटीको उक्त बैठकमा बोल्दै नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कपिलवस्तुमा कृषि अनुदान वितरणमा भैरहेको अनियमिततावारे नेकपाले गंभिर चासो दिएको वताउनु भयो ।

उहाले ३ तहमा कम्युनिष्टको सरकार हुने तर वास्तविक किसानले नभई विचौलियाले अनुदान हुत्याउने कार्य नेकपाकालागि स्वीकार्य नुहने वताउनु भयो । अनियमितता गर्ने नेकपाकै मान्छे भएपनि नछाड्ने स्पष्ट पार्दै जनताले नपचाउने किसिमका काम गर्ने ३ जना जिल्ला कमिटी सदस्यलाई भर्खरै कमिटीवाट निलम्वन गरिएको जानकारी दिनु भयो ।

कपिलवस्तु नगरपालिकाको शिक्षा फाँटका धेरै गुनासो सुन्नमा आएकाले नेकपा नगरकमिटीले यसमाथि छानविन थाल्न आग्रह गर्नु भयो ।

उक्त बैठकमा नगर कमिटीका अध्यक्ष भेषराज पाण्डेले बोल्दै नेकपाले जहा कमजोरी पाउछ त्यहा हिर्काउछ भन्ने कुरा ब्यवहार मै देखाउने दावि गर्नु भयो । कमिशन खोर प्रबृत्ति र भ्रष्टीकरणका घटना पार्टीमा जानकारी दिन आग्रह गर्नु भयो । बैठकमा प्रदेश कमिटीका सदस्य खुम प्राद आचार्य , जिल्ला सचिवलयका सदस्यद्वेय युवराज पोख्रेल र विमल सारु मगरको समेत उपस्थिती थियो ।