संगम बेल्बासे, अर्घाखाँची । शितगंगा नगरपालीका वडा नं.११ खयरभट्टीमा भएको दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता हिजो शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ । ११ नं. वडा कार्यालयको आयोजनामा दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
वडा अध्यक्ष कपिल आलेको अध्यक्षतामा भएको फुटबल प्रतियोगितामा जाबुने टोल सुधार युवा क्लब जाबूनेदमार प्रथम, जनसेवा युवा क्लब मौवाबारी (A) दोस्रो, दोबाटा युवा क्लब तेस्रो र जनसेवा युवा क्लब मौवाबारी (B) सान्तवना भएका थिए ।
सम्पन्न भएको प्रतियोगितामा प्रथमले रु. ७ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोले रु. ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तेस्रोले रु. ३ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्तवना हुनेले रु. २ हजार सहित प्रमाणपत्र हाता पारे ।
कार्यक्रममा वडा सदस्य गणेश बहादुर पुलामी, छमकला पल्ली र फुलकादेवि परियार, विभिन्न विद्यालयमा शिक्षक, संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, खेलप्रेमी महानुभावहरुको उपस्थिती रहेको थियो ।
शितगंगा नगर कार्यपालिका सदस्य विष्णु परियार (गोकुल) को प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन बिनोद बुढा मगरले गर्नु भएको थियो । खेल शान्तिपूर्ण सम्पन्न भएको आयोजकले बताएको छ ।