बुधबार, चैत्र २६, २०७६

आन्तरिक उडानमा चार अर्ब घाटा

काठमाडौं, २४ फागुन । आन्तरिक उडानबाटै चार अर्ब घाटा देखिएको छ । आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघले विदेशी पर्यटक आवागमनमा ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको जनाएको छ । यो आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार बनाएको छ ।

विश्व स्वास्थ संगठनले कोरोना भाइरस संक्रमणको उच्च् जोखिममा राखेपछि भ्रमणका लागि नेपाल आउन पर्यटक हिचहिचाइरहेको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । यसले अन्र्तराष्ट्रिय तथा घरेलु वायुसेना र हेलिकप्टर उडानमा प्रत्यक्ष असर गरेको छ । अन्र्तराष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन ले सन् २०२० मा हवाई यात्रुमा आएको कमीले विश्वका वायुसेना कम्पनीले ११३ अर्ब अमेरिकी डलर बराबरको घाटा व्योहोर्ने प्रक्षेपण गरेको छ । यसबाट नेपाली वायुसेना निगम कम्पनीमा अछुतो रहने देखिदैन ।

कनेपालमा कोरोना भाइरस संक्रमित शुन्यको अवस्थामा हुँदा पनि यहाँ आउने पर्यटकको सख्या ओरालो लागेको छ । पर्यैटक नआएपनि घरेलु वायुससेवा कम्पनीले उडान भर्दै आएका विभिन्न क्षेत्रका पर्यटकीय स्थलको उडान प्रभावित बन्न पुगेको छ ।