शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-११ को वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

गणेश बेल्बासे संगम/अर्घाखाँची ।
लामो समयको जनप्रतिनिधि पछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् ।

देशकै सबैभन्दा ठुलो नगरपालिका त्यसैमा पनि सबैभन्दा विकट वडाका रूपमा अवस्थित वडा नं. ११ का वडाबासीले शुक्रबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु सालिन रुपले राखे ।

शुक्रबार आयोजित वार्षिक प्रगति समिक्षा तथा अनुदान वितरणको कार्यक्रममा वडाका स्थानीयले जनप्रतिनिधिलाई विभिन्न समस्या दर्शाउनुको साथै वडाको सेवा प्रवाहको बारेमा भएको अस्पष्टताबारे जिज्ञासा राखेका थिए ।

शितगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिलाई स्थानीयले निर्धक्क भएर आफ्ना कुरा पस्किएका थिए ।
केही स्थानीयवासीले अनुदान कार्यक्रमको बारेमा अनविज्ञ रहेकोले प्रष्ट्याउन आग्रह गरेका थिए । उनीहरुको अधिकांश जिज्ञासा पनि कार्यक्रममै मेटाइएको थियो । कार्यक्रममा करिब दुई दर्जन भन्दा बढी सहभागीले बाटोघाटो, विद्युत, खानेपानी, विद्यालयमा शिक्षकको अभाव, स्वास्थ्य समस्या लगायतको विषयमा जनप्रतिनिधिहरू लाई प्रश्न गरेका थिए ।

११ नं. वडाका अध्यक्ष कपिल आलेको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख सूर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले वडाका केही बस्तीहरुलाई एकिकृत वस्ती व्यवस्थापनको लागि प्रदेश र संघमा पहल गरीएको बताएका छन । नगरमा पर्यटन गुरुयोजना, विद्युत विकास सम्बन्धि योजना, नदिजन्य पदार्थ व्यबस्थापन सम्बन्धि योजना, महिला तथा गरिव लक्षित लगायतका कार्यक्रम उल्लेख गरि अब नगर प्रोफाईल तयार गर्ने पनि बताए । साथै कार्यक्रममा ८ जना पशुपालकहरुलाई नगर प्रमुख सुर्य प्रसाद अधिकारीले कृषि अनुदान हस्तान्तरण गरेका हुन् ।

वार्षिक प्रगति समिक्षा तथा अनुदान वितरण कार्यक्रममा वडा अध्यक्ष आलेले सम्पन्न भएका योजना तथा वडाले प्रवाह गरिरहेको सेवा सुविधाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा आर्थिक बर्ष २०७५/०७६ मा शितगंगा नगरपालिका ११ नम्बर वडा कार्यालयमा कुल ६० लाख बजेट बिनियोजित भएको थियो । जसमा वडाका २० वटा योजनाहरु सम्पन्न गरेको बताएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष कपिल आलेले आर्थिक वर्ष २०७५/०७६ मा शितगंगा नगरपालिका ११ नम्बर वडा कार्यालयबाट सञ्चालित कार्यक्रमका योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए ।

सोहि कार्यक्रम मार्फत शितगंगा नगरबाट UAE दुबई गएका प्रवासी दाजुभाईबाट संकलित रकममध्ये रु.२१००/- पत्रकार विष्णु कुमार आलेले आगजनी पिडित तिलसरा सोतीलाई रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नगर शिक्षा संयोजक तथा निमित्त प्रशासिकय अधिकृत बाबुराम बराल, वडा सदस्य इन्द्र बहादुर पल्ली, गणेश बहादुर पुलामी, सिद्धारा महिला सहकारीको अध्यक्ष सुशिला आर्चाय, समाजसेवी नारायण आर्चाय लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडाका जनप्रतिनिध, राजनैतिक दलका प्रतिनिधी, सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता समितीका प्रतिनिधि, विभिन्न संघसंस्था लगायतको आतिथ्यता रहेको कार्यक्रम नगरका योजना प्रमुख नुमलाल खनालको सहजिकरण तथा सञ्चालनमा सम्पन्न भएको थियो ।