शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

टी-२० काे नयाँ वरीयता : नेपाल तीन स्थान तल झर्यो‍

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टी-२०’ वरीयतामा नेपाल तीन स्थान तल झरेको छ ।

आईसीसीले म्गलबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टी-२०’ वरीयतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ ।

एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र यूएई क्रमश: १२ औँ र १४ औँ स्थानमा रहेका छन् । ‘टी-२०’ वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने अष्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, भारत चौथो तथा दक्षिण अफ्रिका पाँचाैँ स्थानमा छन् ।

एक दिवसीय वरीयतामा भने नेपाल यथावत रहेको छ । नयाँ वरीयताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ ।