बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्थमन्त्री डा.खतिवडाले दिएको राजीनामा स्वीकृत

काठमाडौं । सञ्चारमन्त्रीको समेत भूमिका रहेका अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् ।

तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।