शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सन्दीपको उम्दा करिअर

काठमाडौं : गत २९ माघमा सन्दीप लामिछाने विश्वभरका सञ्चारमाध्यममा छाए। कारण थियो, उनले एकदिवसीय क्रिकेट करिअरमै सर्वाधिक उम्दा प्रदर्शन गरे।  एकदिवसीय क्रिकेटमा केवल ६ ओभरमा १६ रन दिएर ६ विकेट लिँदै विश्वमा आफ्नो स्पिन जादुको प्रमाणित गरे।
सन्दीपका लागि विश्व क्रिकेट लिग टुको पहिलो चरण निराशाजनक हुँदै थियो तर उनले अन्तिम खेलमा अमेरिकाविरुद्ध जे गरे त्यसले उनका अघिल्ला प्रदर्शन बिर्साएन मात्रै एउटा ऐतिहासिक उपलब्धिमा नेपाललाई पुर्‍यायो।

एकदिवसीय क्रिकेटमा उक्त उपलब्धिको दुई सातापछि नै उनले आफ्नो क्रिकेट करिअरमा अर्को कोसेढुंङगा पूरा गरे। लामिछानेले टी-२० क्रिकेट करिअरमा १०० विकेट पूरा गरे तयो पनि डेब्यु गरेको दुई वर्षमै।

२०१८ को आइपिएलमा पहिलोपटक टी-२० मा डेब्यु गरेका उनले त्यसपछिका दुई वर्षमा सय विकेट पूरा गरे। आइसिसीले मान्यता दिएका टेस्ट राष्ट्रका चर्चित अन्तराष्ट्रिय टी-२० र नेपाली राष्ट्रिय टिमबाट प्रतिस्‍पर्धा गर्दै यो कीर्तिमान बनाएका हुन्।
यद्यपि, उनले घरेलु र एसोसीएटेड राष्ट्रमा प्रतिस्पर्धा गरेको टी-२० खेलमा लिएको विकेट भने यो उपलब्धिमा सामेल छैन। किनकि फुल मेम्बर र राष्ट्रिय टिमबाट लिएको विकेटलाई मात्रै आधिकारिक मान्यता आइसिसीले दिँदै आएको छ।
तत्कालीन दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेलमा मौका पाएका सन्दीपले १२ मे २०१८ मा रोयल च्यालेन्जर्स बैंगलोरका पार्थिब पटेललाई तेस्रो ओभरको चौंथो बलमा एलबी डब्लुको सिकार बनाउँदै डेब्यु विकेट लिए।
त्यसपछि उनले शनिबार मलेसियाका ओपनर भिरनदीप सिंहलाई तेस्रो ओभरको दोस्रो बलमा आउट गर्दै करिअरमा सयौं विकेटको कीर्तिमान बनाउने पहिलो नेपाली बलर बने। दिल्लीबाट पहिलो सिजन २०१८ मा अन्तिम ३ खेलमा ५ विकेट लिएका सन्दीपले त्यसपछि करिअरमा पछि फर्किएर हेर्नुपरेन।

आइपिएलमा ब्रेक पाएयता सन्दीपले विश्वका चर्चित फ्रेन्चाइज लिगमा एकपछि अर्को अवसर पाए। त्यसपछि उनले २०१८ मै क्यारेबियन प्रियिमर लिगमा ७ विकेट लिए। त्यस्तै अफगानिस्तानको प्रिमियर लिगमा २ विकेट लिए। त्यस्तै बिग बास लिग (अस्ट्रेलिया) मा उनले ११ विकेट लिए।
त्यस्तै, पाकिस्तान सुपर लिगमा लाहोर कलान्दर्सबाट ११ विकेट लिन सन्दीप सफल भए। उनले २०१९ को बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिए।
त्यस्तै आइपिएलमा  ८ विकेट लिन सन्दीप सफल भए। सन्दीपले आफ्नो विकेट यात्रा जारी राख्ने क्रममा क्यारेबियन प्रिमियर लिगमा ८ विकेट लिन सफल भए।
त्यस्तै, बिगबासमा करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै १५ विकेट लिए। त्यस्तै सन्दीपले राष्ट्रिय टिमबाट १९ खेल (शनिबारको मलेसिया र आइतबार हङकङसँग गरि कुल ) ३३ विकेट पूरा गरे। सन्दीपले करिअरमा १०४ विकेट लिए।

अन्य फ्रेन्चाइजमा पनि हाबी
सन्दीपले नेपाली राष्ट्रिय टिम र टेस्ट राष्ट्रका चर्चित लिगबाहेक पनि आफ्नो निरन्तर विकेट लिने क्रम भने जारी राखेका छन्।
उनले क्यानडाको ग्लोबल टी-२० लिगमा मोट्रियल्स टाइगर्सबाट (२०१८) मा ५ खेलमा ८ विकेट लिएका थिए त्यसतै सन्दीपले ग्लोबल टी-२० (क्यानडा) मा टोरोन्टो नेसन्सबाट (२०१९) मा ४ खेलमा ५ विकेट लिए।
सन्दीपले नेपालका घरेलु लिग र युएईको टी-१० लिगमा पनि सनसनीपूर्ण प्रदर्शन गरेका छन्। सन्दीपले धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए।
तर उनको सय विकेटमा आईसीसीको फूल मेम्बर नभएका घरेलु प्रतियोगिता काउन्ट नहुने भएकाले उनले चर्चित टेस्ट राष्ट्रकै लिगमा सय विकेटको कोशेढुंगा पूरा गरेका हुन्।

सन्दीपले सय विकेट पुर्‍याएका प्रतियोगिता
सन् २०१८ इन्डियन प्रिमियर लिग टिम- दिल्ली डेयर डेभिल्स  खेल-३, विकेट ५ क्यारेबियन प्रिमियर लिग टिम-सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स खेल-५, विकेट ७ अफगानिस्तान प्रिमियर लिग टिम- नान्ग्राहर लियोपार्डस खेल-१, विकेट-२ बिग बास (अस्ट्रेलिया) टिम-मेल बर्न स्टार्स खेल-८, विकेट-११ २०१९ पाकिस्तान सुपर लिग टिम-लाहोर कलान्डर्स खेल ७, विकेट-११ बंगलादेश प्रिमियर लिग टिम- सिलेट सिक्सर्स खेल-६, विकेट-४ आईपीएल टिम-दिल्ली क्यापिटल्स खेल-६, विकेट-८ क्यारेबियन प्रिमियर लिग टिम-बार्बाडोस ट्राइडेन्ट्स खेल-६, विकेट-८ बिग बास  टिम- मेल बर्न स्टार्स  खेल-१३, विकेट-१५ राष्ट्रिय टिम खेल-१९, विकेट-३३ कुल-१०४ विकेट