बुधबार, चैत्र २६, २०७६

मनिराम नेपालीको दुबै मृगौलाले काम गर्न छाड्यो, उपचारमा आर्थिक रकम अभाव

रुद्रमणि भुसाल, अर्घाखाँची ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुरा काफ्ले निबासी मनिराम नेपालीको दुबै मृगौलले काम गर्न छाडेपछि उनको उपचारका लागि आर्थिक अभाव भएको छ ।

 

एक महिना अघि दुबै मृगौलाले काम गर्नछाडेपछि १७ बर्षिय मनिराम नेपालीको शिक्षण अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ । गाउँमा सामान्य खेतीकिसानी गर्ने परिवारकाउनी आर्थिक अवस्थाकमजोर भएकाले आफुसक्दो सहयोग गर्न उनका बुबा डुक बहादुर नेपालीले सबैलाई आग्रह गनुभएको छ ।

 

आर्थिक अभावनहुदा नियमित डाइलाइसिस गर्न पनि पैसा नभएपछि आर्थिक रकम सकलन गर्न उनका दाइ झबिन नेपाली रकम जुटाउन नेपाली बचाउ अभियान लिएर बजारमा हिडेका छन् ।

 

१७ बर्षकै कलिलो उमेरमा जटिलरोग लागेपछि नेपालीको परिबार समस्यामा परेको छ । मानबताको नाताले तपाईहामिले पनि थोरै थोरैरकम सहयोग गरिम भने उनको उपचारमा धेरै सहयोग मिल्नेछ ।

 

सहयोग गर्नको लागि कामना सेबा बिकास बैकको खाता नंं ०२७१३६००२४६०९५०००००१ वा फोन नंंं ९८१६४१००७३मा सम्पर्क गरिदिनुहुन् उनका बुबा डुक बहादुर नेपालीले सबैलाई आग्रह गनुभएको छ ।