सोमवार, मंसिर १५, २०७७

घुम्न जाऔं पाणिनि तपोभुमी, जहाँबाट भयो व्याकरण रचना भएको थियो !

 

अशोक खनाल, अर्घाखाँची । अर्घाघाखाँची । !।ची जिल्लाको पाणिनि गाउँपालिकामा पर्ने ऐतिहासिक पाणिनी तपोभूमि पाणिनि ऋषिले अष्टाध्यायी नामको ब्याकरण रचना गरेको स्थानको रुपमा प्रख्यात छ ।

पाणिनीका पुर्खाहरु सलतुर (हाल पाकिस्तानको पन्जाब क्षेत्रमा पर्ने लाहोरमा) बस्द्थे । उनको बाबुको नाम सामन थियो । आमा दक्षकुलकी छोरी पाणिनिका बाबू धनी भएकोले सामनालाई पन्डित भनिन्थ्यो । त्यही बिशेषताबाट नै उनको छोराको नाम पाणिनि रहन गएको हो।

पाणिनि भन्दा अगाडि सस्कृत ब्याकरणको बिकास हुँदै आएको कुरा पाणिनिले आफ्ना सट्ध्यापीमा आफू भन्दा अघिका अबिबसाली कास्याप, चाक्राबमण, भारद्वाज, शाकटायन, शाकल्प जस्ता ब्याकरणको उल्लेख गरेका छन, तर १४ शुत्रको ब्याकरणको आबिस्कार मानिएको कुरा विभिन्न विद्वानहरुले स्वीकार गरेका छन।

आधुनिक भाषा बिज्ञानका जन्मदाता श्री ब्लुफिल्डले सस्कृत भाषा संसारमा सबै भन्दा बिशुद्व, सुन्दर हुनु मुख्य कारण महर्सी श्री पाणिनिको बैज्ञानिक बिधिले भरिपुर्ण ब्याकरणको देन हो भनेका छन।

अमेरिकी विद्वान ड्ब्लु नर्मन ब्राउनले वैदिक साहित्यको प्रश्नशा साथै श्री पाणिनि ज्युको देन लाई धन्यवाद प्रदान गरेका छन।

सस्कृत भाषाका चारै बेदहरुका साथै पचास भन्दा बढी पुस्तकहरु अङ्ग्रेजी भाषामा अनुबाद गरेका श्री मेकसमुलरले भनेका छन – हिन्दुहरुको ब्याकरण र अन्वेषणको योग्यता बिश्वमा भएका जातिको ब्याकरण भन्दा श्रेष्ठ छ।

सर बिबि. हन्टले भनेका छन – बिश्वभरका ब्याकरण मध्ये पाणिनि को ब्याकरण सर्बोकृस्ठ ब्याकरण हो।

श्री कोलब्रुक भन्दछन – पाणिनिको ब्याकरणका नियमहरु खुब तर्क गरेर बनाएको तथा शैली पनि प्रतिभापुर्ण छन।

यी सबै विद्वानहरुको भनाइबाट पनि पाणिनिको ब्याकरण ज्यादै बैज्ञानिक भएको पुष्टि गर्न सकिन्छ।

पाणिनिको जन्म र समय

पाणिनिको जन्म कहिले भएको हो स्पष्ट भएको छैन तर अस्ट्ध्यापिको सुत्रमा र ठाउँ ठाउँमा बौद्ध सन्दर्भहरुको उल्लेख गरिएकोले उनी गौतम बुद्ध भन्दा पछिमा भएक प्रष्ट हुन्छ डा. बासुदेब शरण अग्रवालले उक्त समय इ. पु. ४८०-४१० मानेका छन । इ.पु.३०० तिर पतन्जलीले पाणेनिको शुत्रको भाब्य रचना गरे त्यस पछि पाणिनि, बरुचि, पतन्जली ब्याकरण शास्त्रको प्रसिद्ध तीन मुनिको रुपमा चर्चित भए ।

पाणिनि तपोभुमीको बर्तमान अवस्था

समशितोशण हाबापानी भएको करिब २१०० मिटर उचाईमा पाणेनि सामुदायिक बन क्षेत्रमा अबस्थित यो ठाउँ अत्यन्तै प्राकृतिक रुपले सुन्दर छ १५ वटा मुख्य हिमाल का दृश्य देख्न सकिने उक्त ठाउँ बाट तराई र भारतको गोरखपुरसम्म सहजै देख्न सकिन्छ । विभिन्न जातका जडिबुटी भएको उक्त स्थानमा विभिन्न जातका जंगली जनाबर तथा चराचुरुङ्गी देख्न सकिन्छ । भने पर्बत को समथल ठाउँमा १००/५० मिटर को पोखरी जुन पोखरी को बिचमा शिव लिङ्ग, भ्युटावर, विभिन्न देबि देउताको मन्दिर तथा मुर्तिहरु पनि सजाइएको छ।

यस्ता छन् मन्दिर

प्राचीन शिद्वस्थान

यो स्थान ज्यादै महत्त्वपूर्ण स्थान हो । एउटा रुख मुनि कपिलेश्व्रर महादेवको पुरानो कालो ढुङ्गा को मुर्ति छ यहाँका बासिन्दाहरुले ज्यादै पुरानो भएको बिश्वास गर्दछन मुर्तिको बनावट र ढुङ्गाको बनावट हेर्दा मल्ल काल भन्दा अगाडि को जस्तो देखिन्छ ।

सिद्धेश्वर महादेव मन्दिर

यो मन्दिर नयाँ नै हो मुर्ति पनि त्यति पुरानो हैन कपिल लाई २९ औ शिव मानिने हुदा उनैको नाम बाट मन्दिर बनाइएको पाइन्छ।

कृष्ण मन्दिर

यो मन्दिर पनि नयाँ र मुर्ति पनि नयाँ नै स्थापना गरेको देखिन्छ ।

पाणेनि मन्दिर

पाणेनिको सम्झना स्वरुप यो मन्दिर स्थापना गरेको देखिन्छ ।

अन्नपूर्ण भगवती मन्दिर

शक्तिदेबिको रुपमा बनाएको यो मन्दिरमा शक्ति का मुर्ति हरु स्थापना गरिएको छ।

हनुमान मन्दिर

रामको सेबक हनुमान मन्दिर पनि छ।

पुराण मन्ड्ल

यहाँ बर्ष को एक पटक पुराण बाचन गरिन्छ हाल सम्म २०१८ साल देखि प्रत्येक बर्ष पुराण लगाउदै आइरहेको छ भने श्रावण महिना भरी भक्तजन हरु यहाँ नाउन आउने गर्दछन।

पाणिनि धर्मशाला

आउने जाने भक्तजनहरुको निम्ति एउटा धर्मशाला बनाइएको छ।

आश्रम प्रबेशद्वार

यो द्वार निकै आकर्षक छ र बाहिर पट्टी पाणिनि को मुर्ति राखिएको छ। पुरानो शैब क्षेत्र हाल बैशणब र शक्ति केन्द्रको रूपमा रुपान्तरण हुदै गएको कुरा पुराना मन्दिर र नयाँ बन्दै गरेका मन्दिरले प्रस्टै हुन्छ।

दैनिक पुजा र विशेष मेला

यहाँ एक पुजारी बाट दैनिक पुजा गर्ने चलन छ । कुनै कोष नभएको कारण गाउलेहरुबाट केही रकम उठाइ पारीश्रमिक दिने गरिएको छ भने केही अक्षयकोष जम्मा भए पनि त्यस्को ब्याज बाट पुजा आजामा खर्च गर्ने गरिन्छ । यसको कुनै गुठी छैन । यहाँ विशेष गरि साउने सक्रान्ती देखि श्रावण महिना भरी नाउने असारे र कार्तिक ठुला एकदसिमा नाउने र पुजा गर्ने बढी प्रचलन रहि रहेको छ। यहाँ विभिन्न समिति हरु निर्माण भए पनि आर्थिक अभावका कारण ब्यबस्थित हुन सकेको छैन।

पर्यटन मन्त्रालय प्रदेश न. ५ बाट पर्यटन पौच मार्ग को निम्ति घुम्टी पाल्पा सडक खन्डको तीनगिरेबाट तपोभुमीसम्म पुग्ने १.५ किलोमिटर पक्की बाटोको लागि रु २.५० लाख बिनियोजन भै काम शुरु भएको छ ।

पर्यटन मन्त्रालय प्रदेश न ५ बाट बहुबर्सिय योजना मा करिब ३५० जना अट्ने सभाहल प्रदेश सरकार बाट ३ करोड बिनियोजन भएको छ ।

धार्मिक एबम पर्यटकीय सय गन्तव्य मध्ये बगैचा तथा रेलिङको निम्ति पाणिनि तपोभुमीलाई ५० लाख बिनियोजन भएको छ ।

स्थानीय पालिकाबाट पाणिनि तपोभुमीमा लिफ्टिङ खानेपानी को काम शुरु भएको छ ।

लुम्बिनी भ्रमण बर्ष २०७६ तथा नेपाल भ्रमण बर्ष २०२०लाई सफल पारौ, एक पट्क पाणिनि तपोभुमी जाऔ।