बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

एमसीसी संशोधन गर्न ओली तयार

kp oli

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सम्झौता परिमार्जन गर्न लचिलो भएका छन् ।

प्रतिनिधिसभााट सम्झौता अनुमोदनका लागि हतारिएका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग छलफल गर्न तयार देखिएका हुन् ।

पार्टीभित्र बहुसंख्यक नेताहरु एमसीसी अनुदान सम्झौता परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएको र कार्यदलले परिमार्जन गरेर अगाडि बढ्न सुझाव दिएपछि ओली लचक बनेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कार्यदल संयोजकसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिवेदनबारे बिफ्रिङ गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।