मङ्लबार, बैशाख ४, २०८१

Ratopress

Advertisment

SKIP THIS

खुम्चिकोटमा भगवान शिवको शक्ति पिठ रहेको मन्दिरमा भक्तजनको घुईचो

केशव बेल्वासे । शितगंगा नगरपालिका १२ खुम्चिकोटमा रहेको माइकाकोट शिवालय मन्दिर व्यवस्थापन समितिले शिवरात्री पुजा व्यवस्थापनको कार्य सम्पन्न गरेको छ । भगवान शिवको आराधना र पुजा संगै भब्य रुपमा हरेक वर्ष हर्षोल्लाससाथ मनाईने महाशिवरात्री पुजाको लागी उपस्थितिको लागि मन्दिर व्यवस्थापन समितिले सबैलाई  आग्रह गरेको छ ।

 

भगवान शिवको शक्ति पिठका रुपमा रहेको सामुन्द्रिक सतहबाट करिब १३०० मिटरको उचाई तथा पहाडको उच्च टापुमा अवस्थित ऐतिहासिक तथा प्राचिन धार्मिक महत्वको शिव मन्दिर अवस्थित रहेको छ । मन्दिरमा विगतका बर्षमा जस्तै यस बर्ष पनि भव्यरुपमा शिवको पुजाआराधना गरिने भएको हो । मन्दिर व्यवस्थापन समितिले यो वर्ष माहाशिवरात्रीमा अन्य वर्षको तुलनामा मेलालाई भब्य रुपमा आयोजना गर्न आफनो तयारीलाई ब्यापक बनाएको छ ।

 

उक्त पहाड चुरेपहाडमध्यकै सबैभन्दा अग्लो भएकोहुदा त्यहाबाट तराईका विभिन्न क्षेत्रहरु, कपिलवस्तुको शिवगढी क्षेत्र, जगदीशपुर ताल, राप्ती नदी, सितगंगाको ठाडा अमराई क्षेत्र, विभिन्न हिमालका मनोरम दृश्यहरु र भारतका केहिभागको समेत प्रत्यक्ष अवलोकन गर्नसकिन्छ । उक्त पहाडमा बाइसे चौबिसे राजाको पालामा बनाइएका दरबारको भगनावशेष पनि पाउन सकिन्छ । त्यहा रहेको ढुङ्गाको खोपिल्टोमा पानी कहिल्लै नसुक्ने र राजाको समयमा प्रयोग गरीएका तरवार, घण्ट, सङ्ख आदि विशेषता छ ।

गोरुसिङ्गे सन्धिर्खक सडक खण्डबाट करीब २ किलोमिटर भित्र चाक्ला सिद्दारा सडकबाट करिब २५ मिनेटको पहाड चढेपछि उक्त मन्दिर सम्मपुग्दा हरियाली वातावरण रताम्मे लालीगुरासले सबैको मनलोभ्याउने मनोरम वातावरणमा रमाउदै मन्दिर पुग्न सकिन्छ । प्राचीनकालदेखीनै उक्त क्षेत्रमा दशैको समयमा दुर्गाको पुजागर्दै आएपनि विगत वर्षदेिख माहाशिवरात्रीमा शिवको पुजागर्दै आइएको हो । उक्त मन्दिरमा पुजा गर्नाले मानोकांक्षा पुराहुने विश्वास पनि रहेको छ ।

 

यहाँ माहाशिवरात्रीको दिन ठाडा,चाक्ला रजिया, निपाने, खुम्चिकोट, बर्रे, सिद्दारा लगायत आसपासका दर्शनार्थीको घुइचो लाग्ने गर्छ । उक्त क्षेत्रको विकासमा जुट्ने हो भने पर्यटकिय क्षेत्रको रुपमा विकास गरी आन्तरिक पर्यटक भित्राउन सकिने सम्भावना छ ।