बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

५ नं. प्रदेशको स्थायी राजधानीको लागी विशेष समितिको प्रस्तावमा कपिलवस्तुको बुड्ढी र महेन्द्रकोट

कपिलवस्तु । प्रदेशको स्थायी राजधानी कपिलवस्तु हुनु पर्छ भन्ने छलफलले औपचारिकता पाएको छ । प्रदेश सभाद्धारा प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठित विशेष समितिले कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउनका लागि प्रस्ताव गरेको छ ।

 

प्रदेश सरकार गठन भएको दुई बर्ष पूरा भई तेस्रो बर्षमा लागिसक्दा पनि नाम र स्थायी राजधानी टुंगाउन नसकेको अवस्थामा कपिलवस्तु विकल्पमा आएको छ । स्थायी राजधानीका लागि रुपन्देही र दाङको चर्चा चलेको अवस्थामा कपिलवस्तु विकल्पमा आएपछि राजधानीवृत्त तातेको छ ।

 

केही समय अगाडी एक अन्तर्वार्तामा मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी ‘भर्जिन ल्यान्ड’मा हुने बताउनु र विशेष समितिले कपिलवस्तुका दुई ठाउँ राजधानीका विकल्पका रुपमा रहन सक्छन् भन्नुले कपिलवस्तु राजधानी बन्न तर्फ उन्मुख भएको हो । विशेष समितिले सुझावसहितको प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता गराएपछि कपिलवस्तुले औपचारिक प्रवेश पायो । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्डी र महेन्द्रकोट प्रदेशको सम्भावित राजधानीका रुपमा आएका छन् ।

 

यस्तै मुख्यमन्त्रीले संकेत गरेका भर्जिन ल्यान्डमा दाङको भालुबाङ, रूपन्देहीको सैनामैना नगरपालिकाको लमतैया, देउपार, पीपलडाँडा पनि राजधानीका विकल्पका रुपमा आएका छन् । भालुवाङ यस अगाडी नै पटक पटक राजधानीका लागि चर्चामा आएको स्थान हो भने कपिलवस्तुको महेन्द्रकोट र बुढ्डीसहितका क्षेत्रहरु नयाँ हुन् । चर्चामा आएका दाङ र बुटवल भने समितिले छाँयामा राखेको छ ।

 

राजधानीका लागि दलीय संख्याभन्दा पनि पुरानो अञ्चल अनुसारको मनोविज्ञान बढी हावी छ । लुम्बिनी, राप्ती र भेरीको भूगोलअनुसार मत विभाजित छ । लुम्बिनी अञ्चलबाट ५२, राप्तीबाट १८ र भेरीबाट १७ प्रदेश सभा सदस्य छन । प्रदेश सभामा मतदान हुँदा दुईतिहाइ पुग्न ५८ मत आवश्यक पर्छ ।