बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शम्भु आ.वि.मा सत प्रतिशत हाजिर हुने विद्यार्थीहरू पुरस्कृत

अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं.११ खयरभट्टी स्थित शम्भु आधारभूत विद्यालयले संचालन गरेको अभियान अन्तर्गत माघ महिनामा सत प्रतिशत हाजिर हुने विद्यार्थीहरु पुरस्कृत भएका छन ।

आज एक कार्यक्रमको आयोजना गरी माघ महिनामा विद्यालयमा शत प्रतिशत उपस्थित हुने २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बापत कपी प्रदान गरेको हो । विद्यार्थीहरूको नियमित उपस्थिती बढाउन विद्यालयले मंसिर देखि मासिक रुपमा शत प्रतिशत हाजीरी हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने अभियान चलाएको विद्यालयले जनाएको छ ।

 

पुरस्कार वितरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक टेकलाल शर्माको अध्यक्षता र शिक्षक गणेश बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।