शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

विद्यालयलाई कालोपाटी मुक्त बनाउन शिक्षकहरुको सहयोग

अर्घाखाँची । शैक्षिक गुणस्तरका लागि भन्दै शिक्षकहरुले एक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेका छन । शितगंगानगरपालिका १० सामकोट स्थित श्री सामकोट आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री बापत कालोपाटी मुक्त विद्यालय निर्माणका लागि सेतोपाटी वितरण गरेका हुन ।

रातोप्रेस डटकमलाई जानकारी गराउँदै शिक्षक कमल सापकोटाले “शैक्षिक सुधार गर्ने सयौं विद्यार्थीको भविष्य बनाउने जिम्मेवारी पाएका हामी शिक्षकहरुले शैक्षिक सुधारको पहिलो पाटो भौतिक अवस्था सुधारबाट सुरु हुन्छ भन्दै आफ्नै तलबबाट सहयोग स्वरुप सेतोपाटीको व्यवस्था गर्ने काम गरेका हौं ।” उनले बताए ।

 

ह्वाईटबोट सहयोग गर्ने अरू शिक्षकहरुमा जय बहादुर बस्नेत, कुलराज अधिकारी, मनोज गौतम, दुर्गा पुलामी रहेका छ्न । शिक्षकहरूले गरेको नमुना कार्यप्रति विद्यालयका अभिभावकरुले खुशी व्यक्त गरे ।