बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

‘तीव्र गतिमा मुलुकको परिवर्तन देखेर केही व्यक्ति अत्तालिए’:प्रधानमन्त्री ओली

 

धुलिखेल : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक परिवर्तनको तीव्र गतिमा अगाडि बढिरहेको देखेर केही व्यक्ति अत्तालिएको बताएका छन् । धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो देश विकासको सिँढी चढिरहेको छ ।’

त्यस क्रममा उनले सरकारका ‘उपलब्धिका सूची’ प्रस्तुत गरेका थिए । ‘८८ प्रतिशत घरमा केन्द्रीय विद्युत् लाइन पुगेको छ । दुई वर्षमा बाँकी १२ प्रतिशत जनताका घरमा पु¥याइनेछ’, उनले भने, ‘यसपालि अलिअलि विद्युत् निर्यात गर्दै छौं । अर्को वर्षदेखि निर्यात बढाइँदै लगिनेछ ।’

मेलम्चीको पानी ल्याउन लागेको र नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा पु¥याइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले सरकारले सडकमा कसैलाई रहन नदिने प्रतिबद्धता जनाए । ‘विकास भनेको पुँजीपतिले पैसा कमाउने मात्रै हैन, गर्भमा भएका भ्रूणदेखि बाँचुन्जेल मसिनो रूपमा हेरविचार गरी उत्तरदायी हुनु हो’, ओलीले भने, ‘केही वर्षभित्रै खान नपाएरै भोकै मर्ने अवस्थामा नेपालमा कोही हुने छैनन् । महिला बेरोजगार हुने छैनन् । युवा बिदेसिनुपर्ने छैन । शिक्षालाई जीवनोपयोगी बनाइनेछ ।’

प्रधानमन्त्री ओलीले बागमती प्रदेशको बजेटबाट धुलिखेल १० काभ्रे भन्ज्याङमा निर्माण गरिएको मदन भण्डारीको सालिक अनावरण गरे ।

धुलिखेलका मेयर अशोककुमार ब्यान्जूले नगरपालिकालाई २० वर्षभित्र नेपालकै नमुना बनाउने गरी काम गरिरहेको बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटा र खानेपानीमन्त्री विना मगरले धुलिखेल नगरपालिकालाई शुभकामना दिएका थिए ।