शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शम्भु आ.वि. मा सदनात्मक हाजिरीजवाफ सम्पन्न

अर्घाखाँची । शम्भु आधारभूत विद्यालय शितगंगा नगरपालिका -११ खयरभट्टीमा शुक्रबार नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा सञ्चालित सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा कञ्चनजङगा प्रथम, अन्नपुर्ण द्वितिय र सगरमाथा तृतिय भएका छन ।

विभिन्न कार्यक्रममा उत्कृष्ठ हुने समुह तथा छात्रा/छात्र सबैलाई विद्यालय मासिक रुपमा पुरस्कार वितरण गरिने विद्यालयले बताएको छ । कार्यक्रममा शिक्षक पदम थामीले टाईम किपर र शिक्षक हिरा पोख्रेलले रिपोटीङको भूमिका निर्वाह गर्नु भएको थियो ।

प्रतियोगिता विद्यालयका प्रधानाध्यापक टेकलाल शर्माको अध्यक्षता र शिक्षक गणेश बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।