शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अब कपिलवस्तुमा पनि २५ रुपैयाँमै खाना

दिपक के.सी. चन्द्रौटा- कपिलवस्तुको चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले अब हरेक हप्ताको मंगलबार रु. २५ मा खाना खुवाउने व्यवस्था गरेको छ । मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले सस्तो मुल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सरहानिय रहेको बताए ।

प्रदेश सभा सदस्य के.सी.ले रु. २५ तिरेर खाना खादै, खाना निकै स्वादिष्ट भएको बताए । थौरै आय भएकाहरुका लागी यो निकै राम्रो भएको बताए । देशका अन्य शहरहरुमा पनि यस्तो व्यवस्था रहेको जनाउदै, चन्द्रौटामा पनि यो कार्यको शुभारम्भ भएकोमा आयोजक संस्थालाई धन्यवाद दिदै यस कार्यको निरन्तरताको लागी शुभकामना व्यक्त गरे । रु. २५ मै खाना पाउदा पूर्व पश्चिम आवात जावत गर्ने यात्रुहरुका लागी पनि यो सुविधाले फाइदा पुराउने वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए । “खाना निकै मिठो छ, रु.२५ कै खाना पनि ठूला होटलहरुमा पाइने खाना जस्तै स्वादिष्ट छ ” पाण्डेले बताए ।

गोजीमा कम रकम हुनेहरुका लागी यो व्यवस्था धेरै नै राम्रो भएको अध्यक्ष पाण्डेले जनाए । “अहिले हामीले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेका छौं । यो सफल हुदै गयो भने यसलाई दैनिक रुपमा लैजाने लक्ष्य रहेको छ ।” संस्थाका अगुवा विजय जयसवालले बताए । अहिले संस्थामा आवद्ध स्थानिय युवाहरुको सक्रियता र सहयोगमा साप्ताहिक रुपमा सस्तो मुल्यमा खानाको व्यवस्था गरेछौं यसलाई सफल बनाउन अन्यत्रबाट पनि सहयोग आयो भने दैनिक बनाउने छौं जयसवालले भने । प्रत्येक हप्ताको मंगलबार चन्द्रौटामा रहेको गंगा कम्प्लेक्स अगाडी विहान १० बजे देखि साझ ५ बजे सम्म रु. २५ मा खाना खाने व्यवस्था हुने उनले बताए ।