मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

६८४६ प्रहरीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रुपमा ७ जनाले राजीनामा दिने गरेको पाइएको छ । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानकै लागि राजीनामा दिने गरेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४ ०७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनैमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) २ प्रहरी नायब उपरीक्षक (डीएसपी) ८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) १०४ सई, ३०७ असई, १८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् । राजधानी दैनिकले खबर छापेको छ ।