शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सभामुखको नयाँ विकल्पमा पर्लान त रायमाझी ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिच सभामुखका लागि नयाँ विकल्पका बारेमा छलफल गर्दै सहमति नजीक पुगेको नेकपा सचिवालय स्रोतले जानकारी दिएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा नयाँ विकल्पको खोजी भएको हो । यसै विषयमा बिहीबार देखि सघन छलफलमा रहेका अध्यक्षद्धय छिटै सहमतिमा पुग्ने बताइएको छ ।

 

अहिलेसम्म चर्चा भएका उम्मेदवारको नाममा सहमति नजुटेपछि नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र जनार्दन शर्मा मध्ये एकलाई सभामुख उम्मेदवार बनाउने विषयमा छलफल सुरु भएको छ । यद्यपि शर्मा र रायमाझीको नाममा समेत अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

 

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अहिलेसम्म चर्चा भएका नाममा सहमति नजुटेपछि नयाँ विकल्पको खोजीमा अध्यक्षद्वय ओली र दाहाल जुटेको बताए । नयाँ विकल्पको खोजीको क्रममा रायमाझी र शर्माको नाममा छलफल भएको उनले बताए ।

(राजधानी दैनिकमा प्रकाशित खबरबाट साभार)