बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

गायिका आस्था राउतलाई चाँडै नियन्त्रणमा लिइने,उनीविरुद्ध दुव्र्यवहारको उजूरी

 

काठमाडौं ।गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनीविरुद्ध दुव्र्यवहारको उजूरी परेको र साइबर अपराधमा समेत छानविन भइरहेकाले पक्राउको तयारी भएको हो ।

प्रहरी स्रोतका अनुसार राउतलाई सोधपुछका लागि चाँडै नै नियन्त्रणमा लिइनेछ । बिहिबार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको चेकजाँचका क्रममा महिला प्रहरीसँग विवादपछि राउतले फेसबुक लाइभमार्फत् प्रहरीको आलोचना गरेकी थिइन् । उनको भिडियो भाइरल भएको थियो ।

घटनापछि राउतको पक्ष विपक्षमा प्रतिक्रियाहरु आएका थिए । प्रहरीले विमानस्थलको सीसीटीभी फुटेज संकलन गरेको थियो जुन बाहिर सार्वजनिक भएको छ । आफूमाथि राउतले दुव्र्यवहार गरेको भन्दै चेकजाँचका क्रममा रहेकी महिला प्रहरी रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी छिन् । यसबारे अनुसन्धान भएपछि राउतलाई नियन्त्रणमा लिने तयारी भइसकेको छ ।

राउतमाथि साइबर अपराधको समेत मुद्दा चल्न सक्छ । फेसबुकमा उनले पोष्ट गरेको भिडियो पछि हटाएपनि सुरक्षित भई बाहिर पुगिसकेको छ । भिडियोमा उनले निकै आक्रोशित भई प्रहरीलाई गालीगलौज गरेकी थिइन् ।

झापाको भद्रपुरबाट काठमाडौं आउने क्रममा त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको चेकजाँचमा ज्याकेट खोल्न भनी सुरक्षाकर्मीले आग्रह गर्दा गायिका आस्था राउतको विवाद भएको थियो । घटनापछि उनले आक्रोशित हुँदै फेसबुकमा आक्रोश पोखेकी थिइन् ।