शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

छैठौं बराहादह मेलाको तयारी पूरा, उपस्थितिको लागि वडा अध्यक्ष केसीको आग्रह

गणेश बेल्बासे संगम, अर्घाखाँची ।
अर्घाखाँचीको शितगगां नगरपालिका ९ बराहदहमा आयोजित छैठौं बराहदह मेलाको तयारी पुरा भएको वडा अध्यक्ष भिम केसीले बताउनु भएको छ । माघ १ गते मेलामा उपस्थितीको लागि सबैैलाई आग्रह गर्नु भएको छ ।

सयौँ बर्ष पहिले देखि एक गौरवमय धार्मिक इतिहास बाकेको बराहादह प्राकृतिक सम्पदाको प्रमुख स्थल पनि रहेको छ । धार्मिक तथा पर्यटकीय स्थल बराहदहको प्रचारप्रसारका लागि विगतका केही वर्षहरु देखि मेला आयोजना गर्दै आइरहेको शितगंगा-९ का वार्ड अध्यक्ष भिम केसीले बताए ।

धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् । माघे सक्रान्तिका दिन बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । उक्त दहमा स्नान गर्दा पाप नष्ट हुने विश्वास गरिने धार्मिक मान्यता रहीआएको छ । यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकिय रुपमा व्यापक प्रचार प्रसार तथा प्रवर्द्धन गर्न भन्दै विविध कार्यक्रमको साथ यस क्षेत्रमा मेला आयोजना गर्न लागिएको बराहदह संरक्षण समितिका अध्यक्ष पदम केसीले वताउनुभयो । अर्घाखाँची जिल्लामा गोही पाइने एक मात्र क्षेत्र भएपनि यो क्षेत्र व्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । यसको प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत सबै लाग्नु पर्नेमा पत्रकार गणेश बेल्बासेले बताए ।

अर्घाखाँचीको दक्षिण-पश्चिम भागमा रहेको वराहदह शितगंगा नगरपालिका वार्ड नं. ९ मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित छ । यस दहमा आई बराह भगवानसगँ बर मागेमा सोंचेको पुग्ने स्थानीय बासीन्दाहरुले बताउँछन् । यस गोही पाईने धार्मिक बराहदहको व्यापक प्रचारप्रसार तथा प्रर्वद्धनमा केन्द्रिय निकाय सम्म पुगोस् भन्दै यस वर्षको छैठौं माघि एवम् साँस्कृतिक मेलाको समुद्घाटन पूर्व उपप्रधान मन्त्रि तथा प्रतिनिधी सभा सदस्य टोप बहादुर रायमाझीले गर्नु हुने शितगंगा वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले बताउनु भयो । साथै सोही कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का (उज्जवल), ५ नं. प्रदेश सभा सदस्य चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समिति सभापती पिताम्बर शर्मा, उप सभापती ऋषि बहादुर पुलामी, शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी, सम्पूर्ण वडा अध्यक्ष समेतको उपस्थिती रहने बताइएको छ । मेला माघ १ गते साँझ ६ बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।
मेलामा स्थानीय कला संस्कृतिको प्रदर्शनका साथै राष्ट्रिय स्तरका कलाकारहरु कृष्ण रेउले, रुपा घर्ती मगर, विक्रम राना, दिपक भण्डारी, आरती रुचाल, विजय पुन लगाएत स्थानिय स्तरमा चर्चित कलाकारहरुको सांगितीक प्रस्तुती रहने आयोजकले बताएको छ ।