मङ्लबार, माघ १४, २०७६

नेपाल आयुर्वेद औषधीब्यबसाही संघ प्रदेश ५ स्तरिय प्रथम भेला सम्पन्न

कपिलवस्तु,पुस २७।
नेपाल आयुर्वेद औषधीब्यबसाही संघ ५ नम्बर प्रदेस स्तरिय प्रथम भेला तथा अधिबेसन दाङको घोराही मा पौष २६गते शनिवार गते भब्य रुपमा सम्पन्न भयको छ ।भेलाले देवबहादुर बस्नेतको नेत्रित्वमा १२ सदस्यिय कार्यसमितिको चयन गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथी माननिय सामाजिक बिकास मन्त्री सुदर्शन बरालको बिसिस्ट आतित्यता ,अतिथी अमर डाँगीको आतित्यता, नेपाल आयुर्वेद औषधीब्यबसाही संघका केन्द्रिय अध्यक्ष जंग राज गिरी , लगायत केन्द्रिय कमिटीका बरिस्ट उपाध्यक्ष , महासचिब , कोशाध्यक्ष साथै आयुर्वेद सँग सम्बन्धित चिकित्सकहरु तथा व्यबसाही को उल्लेख्निय सहभागिता मा प्रथम भेला सम्पन्न भएको छ ।

कार्यक्रको सम्योजन तथा अध्यक्षता प्रदेस सम्योजक तथा केन्द्रिय सदश्य योगगुरु गिरिराज भट्टराईले गर्नु भएको थियो स्वागत मन्तब्य दाङ जिल्ला अध्यक्ष प्रकाश अधिकारी ले तथा शुभकामना मन्तब्य रुपन्देही अध्यक्ष डा। दिपक कुमार धिताल ले गर्नु भएको थियो । भेलामा शुभकामना मन्तब्य दिदै नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय सचिब यमलाल भट्टराई ले समग्र आयुर्वेद क्षत्रको बिकासको लागि निजी क्षत्र तथा सरकारी क्षत्र बाट गर्नुपर्ने सुधारका कार्यहरुका बारेमा प्रकाश पार्नु भयको थियो ।

शुभकामना मन्तब्य दिदै माननिय सामाजिक बिकास मन्त्री सुदर्शन बराल ले राज्य ले आयुर्वेद क्षेत्रलाई आबस्यक बजेट बिनियोजन गरे पनि आयुर्वेद क्षेत्र बाटै प्रभाबकारी रुपमा कार्य सम्पादन हुन नसक्दा बर्सेनी बिभन्न सिर्शकमा बिनियोजन गरेको ठुलो बजेट फ्रिज हुने गरेको बताउनु भयो साथै आयुर्वेद औषधी सेबन प्रती जनबिश्वास अभिब्रिद्धि गर्नको लागिआयुर्वेद क्षेत्रमा धेरै सुधारको खाँचो रहेको बताउनु भयो ।
व्यबसाही संघका केन्द्रिय अध्यक्ष गिरिले समग्र आयुर्वेदको बिकासको लागि आयुर्वेद सँग सम्बन्धित सम्पूर्ण व्यबसाही एबम चिकित्सक ,निजी तथा सरकारी क्षत्र एकताबद्ध भई अगाडि बढ्नु पर्ने बेला आएको तथा व्यबसाहीहरुलाई देखा पर्ने समस्याहरु समाधानका लागि संघ सधैव तत्पर रहेको तर व्यबसाही हरुले पनि आफ्नो व्यबसाय मर्यादीत रुपमा सन्चालन गर्नुपर्ने धारणा राख्नु भयको थियो । सामाजिक विकाश मन्त्री शुदर्शन वरालको प्रमुख आतिथ्यता,अमर डागिँको विशिष्ट आतिथ्यता ,प्रदेश संयोजक तथा केन्द्रिय सदस्य योगगुरु भट्टराइको अध्यक्षतारहेको कार्यक्रमको सञ्चालन नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला समिति कपिलवस्तुका अध्यक्ष गोपाल वन्जाडेले गर्नु भएको थियो ।