मङ्लबार, माघ १४, २०७६

चन्द्रौटा मेलामा आज विषेस प्रस्तुति हेमन्त शर्माको रहने

अर्जुन बेल्बासे ,कपिलवस्तु।
चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजना मा कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ पुस १४ गते देखि सुरु भएको महोत्सवको आज चौधौँ दिन अर्थात आज आज आधा दर्जन राष्ट्रियस्तरका कलाकार र स्थानियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । आज चौधौँ दिन विशेष आकर्षकको रुपमा आधुनि चर्चित गायक हेमन्त शर्मा,लोक गायक विष्नु श्रीपाली,आरती रुचाल, सबिता भुशाल,अमृता अधिकारी ,नारायण बि जी लगायको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

पुस १४ देखि सुरु भएको महोत्सव पुस २६ मा समापन गरीने भनिएता पनि दुइ दिन थपेर पुस २८ सम्म चल्ने आयोजकले जमनकारी दिएको छ ।महोत्सवको १३औँ दिन चर्चित गायक दुर्गेश थापा , शान्ता परीयार,नेपाल लोक स्टार रनर शुशिल आचार्य ,गायक जिवन नमस्ते कपिलबस्तु डान्स कृयु र जे डि सि डान्स ग्रुपको प्रस्तुतिले दर्शक रमाएका थिए ।

साथै चन्द्रौटा डान्स आइडलको शनिवार एघारौ दिन डान्स आइडलबाट मेनुका वाहिरीए सगैँ अव प्रतिशप्रधाको मैदानमा ४जना मध्ये अव दर्शक वाट पाएको भोटको आधारमा छन चन्द्रौटा आइडलको छनोट गरीने नतिजा सोमवार सार्ववजनिक हुने आइडल संयोजक सुमन पौडेलले जानकारी दिए । पुस १४ देखि सुरु भएको महोत्समा निर्णायकको भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्दे्शिका वविता धितालको भुमिका रहेको छ । छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५० हजार एक सय एघार, दोस्रो पुरस्कार रु.३० हजार एक सय एघार र सन्त्वना पुरस्कार दुई जनालाई रु १० हजार १ सय ११ रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ ।

त्यस्तै छैठौ महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी महोत्सवमा मा सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा ,नेपाल भ्रमण वर्षको फेटोफिचर सेल्फी, राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

महोत्सवले ग्रामीण पर्यटकीय क्षेत्र सोनवागढ शिवगढी मन्दिर ,लगायत ओझेलमा परेका पर्यटकियस्थानको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा दुई सय भन्दा वढि स्टल रहेका छन ।चन्द्रौटा उध्योग वाणिज्य संघ चन्द्रौटा द्धारा पुस २८ गते सम्म चल्ने महोत्सव अबधिभर १ करोड वढि आर्थिक कारोवार गर्ने र १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।