मङ्लबार, साउन २७, २०७७

नागरिकता माग्दा खुकुरी प्रहार

काठमाडौं । नागरिकता बनाई दिन माग गर्दा सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१२ दमाबतीटोलकी २८ वर्षीया लक्ष्मी यादवमाथि मंगलबार दिउँसो उनकै पति महिनारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन् ।

लक्ष्मी तरकारी बारीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका महीनारायणले तँ नागरिकता बनाइदिन भन्दै टेन्सन दिने भन्दै खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ । उनलाई स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।