मङ्लबार, माघ १४, २०७६

राजधानी हेटौडा नै राख्ने प्रयास, नेकपामा फ्लोर क्रसको त्रास

 

काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित पत्रपत्रिकाले विभिन्न राजनीतिक, आर्थिक, समाजिक तथा अन्तराष्ट्रिय क्षेत्रका विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेका छन् ।

मंगलबार जनता समाचार डट कम मा बलेरो र मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु, मन्त्री भट्टराई अष्ट्रेलियामा, नेपाल भ्रमण वर्ष शुभारम्भ, बालिका हत्यास् आमासहित चार पक्राउ, बाबु फरार, पूर्व मन्त्रीद्वय उपेन्द्र र चित्रलेखा यादवद्वारा नक्खु खोलाको जग्गा कब्जा १ दिए यस्तो जवाफ, सुलेमानीको समाधिमा भागदौड, कम्तीमा ३५ जनाको मृत्यु र बजारमा नक्कली नोट, दुई जना पक्राउ लगायतका शीर्षकमा प्रमुख समाचार सम्प्रेषण गरिए ।

अन्नपूर्ण पोष्ट् दैनिकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टी नेताहरुलाई निर्देशन दिएको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा जसरी पनि राख्न निर्देशन दिनुभएकाे हाे ।

बैठकमा प्रधानमन्त्रीले सचिवालयले गरेको सल्लाह कार्यान्वयन गर्ने दायित्व तपाइँहरुहरुको हो भन्रुहुँदै मतदानबाट प्रक्रियालाई टुंग्याउन आग्रह गर्नुभएको पनि समाचारमा उल्लेख छ । यसैगरी पत्रिकाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेलापछि सभापति शेरबहादुर देउवा बहुमतबाट गरिएका निर्णय सच्याउन तयार हुनुभएको विषयलाई पनि प्रथम पृष्ठमै प्रकाशित गरेको छ ।

नागरिक दैनिकमा यती समूहलाई ताहाचलको जग्गा भाडामा दिइएको विषयलाई विश्लेषण गरिएको छ । समाचारमा ट्रस्ट र थामसेर्कुबीच २०४७ माघमा ताहचालको जग्गा भाडामा दिने सम्झौता भए पनि यसलाई ट्रस्टको सोही वर्षको वार्षिक प्रतिवेदनमा लुकाइएको लेखिएको छ । पत्रिकामा व्यवसायीको हितमा संशोधन र नेकपामा फ्लोर क्रसको त्रास शीर्षकका अन्य समाचारहरुले पनि मुख्य स्थान पाएका छन् ।