बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज चन्द्रौटा महोत्सवमा मुख्य आकर्षकको रुपमा पशुपति र कमल खत्री

अर्जुन बेल्बासे ,कपिलवस्तु।
चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजना मा कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ पुस १४ गते देखि पुस २७गते सम्म चल्ने चन्द्रौटा महोत्सवको आज एघारौँ दिन अर्थात आज आज आधा दर्जन राष्ट्रियस्तरका कलाकार र स्थानियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । आज एघारौँ दिन विशेष आकर्षकको रुपमा राष्ट्रियस्तरका कलाकारहरु गायक पशुपति शर्मा, गायक कमल खत्री, गायिका दुगा सापकोटा ,विक्रम वावु विश्वकर्मा ,गायक तथा उध्घोषक लक्ष्मण खडका ,चर्चित डान्सर नुमा थापा मगर र डान्सर आरति श्रेष्ठ लगायत स्थानिय कलाकार साथमा नमस्ते कपिलबस्तु डान्स कृयु र जे डि सि डान्स ग्रुपको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएका महोत्सवमा चन्द्रौटा डान्स आइडलको आज नवौँ दिन ६ जना प्रतिशप्रधाको मैदानमा उत्रिने आइडल संयोजक सुमन पौडेलले जानकारी दिए ।

साथै भोली शुक्रबार आकर्षकको रुपमा चर्चित लोक तथा दोहोरी गायक बद्रि पगेंनी, चर्चित लोक तथा दोहोरी गायिकासम्झना लामिछाने मगर ,लोक तथा रोइला गायक शिव खनाल ,गागिका वर्षा लम्साल ,जिवन दाहाल,डान्सर मरिस्का क्षेत्रि साथमा स्थानिय कलाकार नमस्ते कपिलबस्तु डान्स कृयु र जे डि सि डान्स ग्रुपको प्रस्तुतिलरहने आयोजकले जानकारी दिएको छ।

त्यस्तै छैठौ महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, महोत्सवमा मा सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा ,नेपाल भ्रमण वर्षको फेटोफिचर सेल्फी, राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवले ग्रामीण पर्यटकीय क्षेत्र सोनवागढ शिवगढी मन्दिर ,लगायत ओझेलमा परेका पर्यटकियस्थानको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । चन्द्रौटा उध्योग वाणिज्य संघ चन्द्रौटा द्धारा पुस २७ गते सम्म चल्ने महोत्सव अबधिभर १ करोड वढि आर्थिक कारोवार गर्ने र १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ ।