मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

शुक्रबार देखि श्री स्वस्थानीको ब्रत सुरु

काठमाण्डौ – पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन हुक्रबार अर्थात भोली देखि सुरु हुदैछ ।पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यो व्रत आरम्भ गरि भोली देखि श्री स्वस्थानीको ब्रत सुरु हुन्छ ।श्री स्वस्थानीको ब्रतमा बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गर्ने र बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच भएको संवाद सुन्ने र सुनाउने गरिन्छ ।

एक महिनासम्म यही विधि अनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइने प्रचलन छ ।

यो व्रत विधि अनुसार चढाइएका प्रसादहरु सबैबाट आठ–आठ ओटा झिकेर पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई र मीत छोरा पनि नभएमा जुन कामना सिद्ध होस् भनी ब्रत बसेको थियो त्यो कामना सिद्ध होओस् भनी नदीमा लगेर बगाउने गरिन्छ ।।।