आइतवार, असार २१, २०७७

चन्द्रौटा महोत्सवमा आज वुधबारका मुख्य आकर्षक कलाकारहरु

अर्जुन बेल्बासे पुस २३।
चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजना मा कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ पुस १४ गते देखि पुस २६ गते सम्म चल्ने चन्द्रौटा महोत्सवको आज दसौँ वुधवारको दिन चर्चित आधुनिक गायक चर्चित आधुनिक गायक प्रमोद खरेल,चर्चित आधुनिक तथा लोकदोहोरी गायक दिपक भण्डारी,मन्जु भटटराई ,स्थानिय कलाकार ,चर्चित डान्स ग्रुप कमल नारायणी डान्स ग्रुप लगगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

साथै साँझ ६ बजे देखिराति १० बजे सम्म नाइट सन्सर्टका रुपमा चर्चित गायक रवि रिमाल,नेपाल आइडलका रनर निशान भटटराइ लगायत चर्चित डान्स ग्रुप कमल नारायणीडान्स ग्रुप को प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
साथै विहिवारको आकर्षको रुपमा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा ।गायिका दुगा सापकोटा ,विक्रम वावु विश्वकर्मा ,गायक तथा यध्घोषक लक्ष्मण खडका ,चर्चित डान्सर नुमा थापा मगर र डान्सर आरति श्रेष्ठ लगायत स्थानिय कलाकार साथमा नमस्ते कपिलबस्तु डान्स कृयु र जे डि सि डान्स ग्रुपको प्रस्तुतिलरहने आयोजकले जानबकारी दिएको छ।
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा चन्द्रौटा डान्स आइडलको आज आठौँ दिन चन्द्रौटा डान्स आइडलमा सुरक्षित रहेका ४जना मंलवार पाएको भोट र प्रतुतिको अधारमा छानिने छन त्यस्तै चन्द्रौटा डान्स आइडलमा सातौ दिन सम्म बाहिरीएका हरु विच पनि प्रतिशप्रर्धा गराइ आजको प्रस्तुतिको आधारमा पुन एक जना सुरक्षित हुने आइडल संयोजक सुमन पौडेलले जानकारी दिए ।

त्यस्तै छैठौ महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, महोत्सवमा मा सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा ,नेपाल भ्रमण वर्षको फेटोफिचर सेल्फी, राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवले ग्रामीण पर्यटकीय क्षेत्र सोनवागढ शिवगढी मन्दिर ,लगायत ओझेलमा परेका पर्यटकियस्थानको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । चन्द्रौटा उध्योग वाणिज्य संघ चन्द्रौटा द्धारा पुस २६ गते सम्म चल्ने महोत्सव अबधिभर १ करोड वढि आर्थिक कारोवार गर्ने र १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ ।