मङ्लबार, साउन २७, २०७७

चन्द्रौटा महोत्सवमा आज मगंलवारका आकर्षकहरु

अर्जुन बेल्बासे पुस २२।
चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजना मा कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ पुस १४ गते देखि पुस २६ गते सम्म चल्ने चन्द्रौटा महोत्सवको आज आज नावनौँ दिन सदाको भन्दा भिन्न हुने आयोजकले जानकारी दिएको छ । चन्द्रौटा महोत्सवको नवनौँ दिन मंगलबार चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत ,रेनका भट्टराइ , रुद्रसेन विश्वकर्मा , डान्सर मुना थापा ,डान्सर आरती श्रेष्ठ,स्थानिय कलाकार ,चर्चित डान्स ग्रुप कमल नारायण डान्स ग्रुप लगगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

साथै आज साँझ ६ बजे देखिराति १० बजे सम्म नाइट सन्सर्ट पनि हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै नाइट कन्सर्टको आकर्षको रुपमा गायक रवि रिमाल, डान्सरम मुना थापा डि .जे विक्की ,डान्सर आरती श्रेष्ठ साथमा कमलनारायणि डान्स ग्रुपको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएका महोत्सवको छैठौ चन्द्रौटा डान्स आइडलको आज सातौ दिन ५ जना प्रतिशप्रधाको मैदानमा उत्रिने छन । पुस १४ गो देखि पुस २६ गते सम्म लाग्ने महोत्सवको  डान्स आइडलको निर्णायकको भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्दे््शिका वविता धितालले गरेका छन।

त्यस्तै छैठौ महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, महोत्सवमा मा सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा , राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवले ग्रामीण पर्यटकीय क्षेत्र सोनवागढ शिवगढी मन्दिर ,लगायत ओझलमा परेका पर्यटकियस्थानको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । चन्द्रौटा उध्योग वाणिज्य संघ चन्द्रौटा द्धारा पुस २६ गते सम्म चल्ने महोत्सव अबधिभर १ करोड वढि आर्थिक कारोवार गर्ने र १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ ।

त्यस्तै महोत्सवको भोली वुधवारका मुख्य आकर्षकको रुपमा चर्चित आधुनिक गायक प्रमोद खरेल,लोक तथा आधुनिक गायक दिपक भण्डारी,मञ्जु भट्टराइ,डान्सर मुना थापा मगर,डान्सर आरती श्रेष्ठ,चर्चित डान्स ग्रुप कमलनारायण्ी डान्स ग्रुप सगँ सगैँ महोत्सवमा नमस्ते कपिलबस्तु र जे डि सि डान्स ग्रुपको प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ ।