मङ्लबार, माघ १४, २०७६

चन्द्रौटा महोत्सवमा आज सोमबारका मुख्य आकर्षहरु

अर्जुन बेल्बासे पुस २१।
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ पुष १४ गते देखि पुस २६ गते सम्म चल्ने चन्द्रौटा महोत्सवको आज आठौँ दिनका मुख्य आकर्षको रुपमा चर्चित आधुनिक गायक रमेश राज भट्टराइ ,लोक तथा दोहोरी गायिका कला लम्साल ,लोक गायक वसन्त लम्साल,सविता भुसाल अमृता अभिकारी चिरञ्जी भण्डारी ,स्थानिय कलाकार ,चर्चित डान्स ग्रुप कमल नारायण डान्स ग्रुप,जे.डि .सी डान्स ग्रुप, नमस्ते कपिलबस्तु डान्स कृयु लगगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै महोत्सवको सातौँ दिन सम्म दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा चर्चित लोक तथा दोहोरी यायक अमृता सापकोटा, चर्चित गायिका टिका सानु, विष्नु श्रीपाली, अनु गुरुङ कमल नारायण डान्स ग्रुप,कपिलवस्तु डान्स कृयु,जे.डि सी डान्स ग्रुप लगगायतको प्रस्तुतिले दर्शहरु रमाएका थिए ।

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएका महोत्सवको छैठौ चन्द्रौटा डान्स आइडलको आज छैठौँ दिन ६जनाले प्रतिशप्रधा गर्ने छन। पुस १४ गते देखि सुरु भएको छैठौं चन्द्रौटा डान्स आइडलको निर्णायकको भुमिकामा डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्दे््शिका वविता धितालका भुमिका रहेको छ ।

महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, महोत्सवमा मा सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा , राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवले ग्रामीण पर्यटकीय क्षेत्र सोनवागढ शिवगढी मन्दिर ,लगायत ओझलमा परेका पर्यटकियस्थानको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । चन्द्रौटा उध्योग वाणिज्य संघ चन्द्रौटा द्धारा पुस २६ गते सम्म चल्ने महोत्सव अबधिभर १ करोड वढि आर्थिक कारोवार गर्ने र १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ ।