बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेपाल घुम्न पर्यटकलाई आह्वान

काठमाडौँ ।नेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोहबीच राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो । सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गरेका थिए ।

सो समारोहमा प्रमुखवक्त्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लानु पर्नेमा जोड दिए । संस्सारका उत्कृष्ट गन्तव्य सगरमाथा, भगवान बुद्धको जन्मस्थल लुम्बिनि, चितवन लगायतका थुप्रै गन्तव्य रहेको बताए ।

उनले प्रकृतिलाई विगारेर होइन सिंगाररे पर्यटन विकास बढाउनु पर्नेमा जोड दिए। सो अबसरमा मन्तव्य व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले नयाँ वर्षमा नयाँ आशा र नयाँ उत्साहका साथ नेपाल भ्रमण वर्ष २०२० शुरुवात गरिएको बताए ।उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने बाटोमा नेपाल भ्रमाण वर्ष महत्वपूर्ण हुने बताए । सो अबसरमा नेपाल भ्रमण वर्षको स्टिकर पनि सार्वजनिक गरिएको थियो । सो अबसरमा मन्त्री भट्टराइले एकताको ज्योति हस्तान्तरण गरे। उद्घाटन समारोहमा नेपाल भ्रमण वर्ष २०२० को मास्कट पनि सार्वजनिक गरिएको थियो ।
गोरखापत्र दैनिकबाट