बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीका नेता रायमाझी र खड्काले बिरामीलाई कसरी सहयोग गर्छन् त ? सम्मान स्वरुप सेयर गरौँ !

गणेश बेल्बासे संगम, अर्घाखाँची । जस्तो सुकै व्यस्त समयका बाबजुत पनि जिल्लाबाट थप उपचारका लागि काठमाडौँ पुग्ने बिरामीलाई भेट्न पुग्ने पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काको यो कुनै नौलो खबर होइन ।

खबर यो हो की विगतमा धैरै बिरामीहरूको मलम बनीसकेका नेता रायमाझी र खड्काले विभिन्न कारणले थप उपचारका लागि काठमाडौ पुग्ने विरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई राज्यले प्रदान गर्ने सहुलियतको लागि सहयोग गर्दै आएका छ्न । साथै आवश्यक व्यवस्थापनमा समेत सहजिकरण गर्दै सम्बन्धित रोग विशेषज्ञ एवम डाक्टरसंग परामर्श समेत लिने गर्छन ।

 

त्यस्तै हालसालै आगोले जलेर काठमाडौको कृतिपुर अस्पतालमा उपचारार्थ घाइते अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा नं. ५ बागीका राजन थापालाई पनि उपचारको लागि सहयोग पुर्‍याएका छन् । आर्थिक अवस्था कमजोर भएका थापालाई राज्यले दिने विभिन्न निशुल्क स्वास्थ्य सेवाको प्रक्रिया मिलाइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति योजना तथा अनुगमन महाशाखाको सिफारिस मार्फत सेवा लिने वातावरण मिलाउन भुमिका खेलेका छ्न ।