मङ्लबार, साउन २७, २०७७

किसानकै खातामा अनुदान रकम जाने व्यवस्था ल्याउँछु- कृषि मन्त्रि भुसाल

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवं रोजगार विस्तार गर्ने सोच बनाएर सरकार अघि बढिरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शद्वारा सोमबार आयोजित नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका विषयक कार्यक्रममा उनले उत्पादन क्षेत्र बलियो नभएसम्म मुलुकमा विकास र समृद्धि हासिल गर्न कठिनाइ हुने बताए।

 

उखु किसानले भोगिरहेका समस्या समाधान गर्न सरकारका विभिन्न संयन्त्रले काम गरिरहेको बताउँदै मन्त्री भुसालले आगामी दिनमा किसानकै खातामा अनुदानको रकम उपलब्ध हुने व्यवस्था गर्न लागिएको जानकारी दिए। देश कुखुराको मासुमा आत्मनिर्भर भइरहँदा उपभोक्ता र उत्पादनकर्ता दुबै मारमा परेको अवस्था रहेको बताउँदै उनले सरकार, निजी क्षेत्र र दातृ निकायले विकासको विगतका प्रयासमा निकै सुधार गरेर अघि बढ्ने खबर लोकपाटीमा प्रकाशित छ ।