मङ्लबार, साउन २७, २०७७

सिद्धारा स्रोत केन्द्रको दक्षिणी क्षेत्रका प्रअहरु बिचको अन्तरक्रिया सम्पन्न

अर्घाखाँची : सिद्धारा स्रोत केन्द्रको दक्षिणी क्षेत्रका प्रअहरुको बैठक आज शुक्रबार सम्पन्न भएको छ ।
शितगंगा नगरपालिकाका स्रोत व्यक्ति निमानन्द भुसालको अध्यक्षमा अन्तरकृयात्मक प्रअ बैठक सम्पन्न गरेको छ ।

 

उक्त बैठकमा तलबी विवरण, माग फारम, दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विश्लेषण, सिकाई उपलब्धी, शिक्षण सिकाई सुधारका लागि अतिरिक्त कार्यक्रम, लगाएतका विषयहरूमा छलफल गरी निर्णय समेत गरिएको थियो ।

 

 

परिचयात्मक कार्यक्रमबाट सुरु गरिएको बैठकमा माग फारम सहितका आवश्यक कागजपत्र आगामी माघ २० गते सम्ममा नगरपालिका शिक्षा शाखामा पठाउने निर्णय समेत गरेको स्रोत व्यक्ति निमानन्द भुसाले जानकारी दिनुभयो ।

प्रअ बैठकमा वडा नं. ९ र ११ का गरी ११ विद्यालयका प्रअहरूको सहभागिता रहेको स्रोतले जनाएको छ । बैठकमा स्रोत व्यक्ति खडानन्द भुसालको समेत उपस्थिती रहेको थियो ।