बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

एउटै रुखमा फल्छन् ४० किसिमका फलफूल !

एजेन्सी– हामीले सामान्यतया एउटा रुपमा एउटै किसिमको फलफूल फल्छ भन्ने देखेका र सुनेका छौं । कलमी गरेर एउटा बोटबाट फरक किसिमको फलफूल फलाइएको विषयमा पनि सायद तपाईहरुलाई जानकारी हुनसक्छ ।

तर, अमेरिकामा भने एउटै रुखमा ४० किसिमका फलफूल फल्ने गरेको पाइएको छ । एक भिजुअल आर्टसका प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका हुन् ।

उक्त रुखको नाम ट्रि अफ ४० फ्रुट्स दिइएको छ । यस रुखमा एप्रिकोट, चेरी, आरु, बखडालगायतका ४० थरीका फलफूल फल्दछन् । यो रुखको मूल्य मूल्य ३० हजार डलर पर्दछ ।

सेराक्युज विश्वविद्यालयका भिजुअल आर्टसका प्राध्यापक स्याम वान ऐकेन यस अनौठो रुखका सर्जक हुन् । यो रुखको सिर्जना गर्नका लागि उनले विज्ञानको सहारा लिएका छन् ।

सन् २००८ मा उनले यस कामको सुरु गरेका थिए । प्राध्यापक वान किसान परिवारमै जन्मिएका व्यक्ति हुन् । उनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर त्यहीँ नै ग्राफ्टिङ विधिको माध्यमबाट ट्रि अफ फोर्टी जस्तो अद्भुत रुख सिर्जना गराउन सफल भएका हुन् ।खबरहब बाट