शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

कतै क्रिसमसको रौनक कतै क्रिममस मनाउन प्रतिबन्ध

 

काठमाडौं-येशुको जन्मोत्सव ९क्रिसमस० को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् ।

ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले राजानकारी दिए ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।

हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उनले जनाए ।

हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसकोे अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ ।

साथै ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।

क्रिसमसको अवसरमा नेपालका पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, पोखरा लगायतका ठाउँमा रौनक बढेको छ । उता इसाईहरुको महान पर्ब क्रिसमस नजीक आइरहँदा हर्षोल्लासका साथ यस पर्बलाई मनाउने तरखर गर्दै गर्दा क्रिसमसको ठिक पूर्वसन्ध्यामा आएर चीन सरकारले क्रिसमस पर्ब मनाउन प्रतिबन्ध लगाएको छ ।

चीनका थुप्रै प्रान्त तथा सहरका प्रशासनले क्रिसमस ‘इभ’ तथा मेरी क्रिसमस आदि कुनैपनि नामवाट यस पर्ब मनाउन चिनिया सरकारले प्रतिबन्ध लगाएका हुन् ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई क्रिसमस नमनाउन उर्दी जारी गर्दै पसलेहरुलाई क्रिसमससम्बन्धी सान्ताक्लाज , क्रिसमस ट्रि लगायतका कुनैपनि सर सामान बिक्री वितरण नगर्नसमेत निर्देशन दिएका छन् ।

चीनको हाइनान प्रान्त, राजधानी पेइचिङनजिकैको सहर लाङफाङ, पश्चिमी सहर नान्याङलगायतका दर्जनौं सहरहरुमा यस्तो उर्दी जारी गरिएको जनाइएको छ ।

कतिपय विश्वविद्यालयमा विद्यार्थीहरुलाई क्रिसमस नमाउने आचारसंहितामा हस्ताक्षर गराइएको पनि जनाइएको छ ।

केन्द्र सरकारले क्रिसमस नमनाउने विषयमा औपचारिक निर्देशन नदिएपनि चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरुमार्फत् कडा निर्देशन जारी गराइएको बताइएको छ ।