मङ्लबार, माघ १४, २०७६

पाच मिनेटमै दात यसरी चम्काउन सकिन्छ

काठमान्डू : हेर्नुहोस पहेलो दात लाई पनि ५ मिनेटमै चम्काउने घरेलु तरिकाहरु ! दात हाम्रो सरिर को एक महत्वपुर्ण अंग हो दात ले गर्दा पनि हामीलाई धेरै प्रभाव पारेको हुन्छ पहेलो दात छ भने हामीलाई दात बाहिर देखाउदा धेरै मान्छे हरु भएको ठाउमा जान पनि अफ्ठ्यारो लाग्छ सेतो दात छ भने हामीलाई एककिसिम को सौन्दर्य ता प्रदान गरेको हुन्छ तर हाम्रो अरु सबै कुरा राम्रो छ तर दात पहेलो छ भने हाम्रो सरिर को सौन्दर्य ता मा गिरावट आउछ पहेलो दात हुनु स्वाभाविक प्रक्रिया हो हिजो आज धेरै को समस्या बनेको छ ! दात बिग्रनु को प्रमुख कारण राम्रो संग हेरविचार नगर्नु सुर्ती पान पराग जस्ता चिज हरु सेवन गर्ना ले पनि दात बिग्रन्छ ! आउनुहोस कुरा गरौ दात को पहेलोपन लाइ सजिलै हटाउने घरेलु उपाए हरुको बारेमा कृपया मन परे आफ्नो परिवारजान साथिभाइ हरु लाइ सेयर गर्न नभुल्नु होला !

१ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ | २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ | ३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ | ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ | ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ |

दाँत किन हुन्छ पहेँलो र कालो?

दाँत खासगरी खानेकुरा चपाउनका लागि नभई नहुने अंग हो। तर, मानिसका लागि दाँतको उपयोगिता त्यति मात्र होइन। दाँतलाई सुन्दरताको प्रतीक समेत मानिन्छ। तर सुन्दर, मिलेका र चम्किलाँ दाँत मात्र सुन्दरताको परिचायक हुन्। तसर्थ दाँतलाई मानिसले संवेदनशील अंकका रुपमा नै लिने गरेका हुन्छन्। पछिल्लो समय दाँतसम्बन्धी रोग र नमिलेका दाँतको उपचारप्रति मानिसहरु सजग हुँदै गएका पनि छन्। दाँतका विभिन्न समस्यामध्ये दाँतको रङ पनि एउटा हो। दाँतको रङ सामान्य सेतोभन्दा बेग्लै छ भने मानिस चिन्तत हुन्छन्। कसैलाई पहेँलो दाँतले समस्या पार्छ त कसैको कालो दागले हैरान। दाँतको रङ फरक हुनासाथ मानिस हाँस्न र बोल्न नै कञ्जुसी गर्न थाल्छन्। यसले मानिसको आत्मविश्वासमा कमी ल्याउन सक्छ।

पहिलो कुरा त के बुझ्नुपर्छ भने दाँत दूध जस्तो सेतो चाहिँ हुँदैन। यसको रङ बढ्दो उमेरसँगै परिवर्तन हुँदै जान्छ। दाँतको बाहिरी भागको इनामेल खिइँदै जाने हुनाले रङ पनि बदलिँदै जाने हुन्छ। दाँत सेतो बनाउनुभन्दा पहिले दाँतको रङ के कारणले परिवर्तन भएको हो भन्ने थाहा पाउन जरुरी हुन्छ। कारण अनुसार उपचार पद्दति पनि फरक-फरक हुन्छ। दाँतमा बस्ने दाग प्रायः दुई किसिमका हुन्छन, बाहिरी र भित्री।

बाहिरी दाग प्रायः अस्थायी हुन्छन् र मेसिनले सफा गर्दा हट्छ। भित्री दाग भने हट्दैन र यिनीहरु स्थायी हुन्छन् र यसले सम्पूर्ण दाँतको रङ नै परिवर्तन गरिदिन्छन्। दाँतमा दाग बस्ने र रङ परिवर्तन हुने कारणहरु निम्नानुसार छन्:बाहिरी दागका कारणः कफी, चिया, केही ठाउँका जमिनमुनिको पानीको प्रयोग, रक्सी, खैनी र चुरोटको सेवन आदिले दाँतको बाहिरी भागको इनामेलमा दाग बस्छ। दाँत राम्ररी सफा नगर्नाले र कुनैकुनै मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाग बसेर दाँत नराम्रो देखिन्छ।

भित्री दागका कारणः क्यानसरको उपचारमा प्रयोग हुने औषधि, साइकोसिसमा प्रयोग हुने औषधि, एलर्जीको औषधि, फ्लोराइडको चाहिनेभन्दा बढी प्रयोगले गर्दा दाँतको भित्री भागमा दाँग बस्छ। यस्तै आमाले गर्भावस्थामा विभिन्न औषधिको सेवन गर्दा र आमा र बच्चाले बच्चाको दाँत बन्दै गरेको बेला प्रयोग गर्ने विभिन्न औषधिले पनि दाँतको भित्री भागमा दाग बस्छ। यसैगरी, चोटपटकका कारण दाँतको नशा मरेर दाँतको रङमा स्थायी परिवर्तन आउन सक्छ। नशा मरेको दाँतको जरैदेखि उपचार गरेपछि पनि दाँतको रङमा परिवर्तन आउँछ।