बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

आगामी माघ ९ गते हुने निर्वाचन का लागि ११ दलले दिए दल दर्ताका लागि निवेदन

 

६ पुस ,काठमाडौं- राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचन प्रयोजनका लागि ११ रानीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

निर्वाचन आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) छन् ।

उक्त निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले निवेदन दिएका आयोले जनाएको छ ।

नेपालको संविधानअनुरुप निर्वाचन आयोगमा दर्ता कायम रहेका दललाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजसम्म निवेदन दिन आयोगले गत मङ्सिर २७ गते सूचना जारी गरेको थियो ।