शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

वडा नं. ९ को सगरमाथा आविले गर्‍यो शिक्षक बिदाई

रातोप्रेस संवाददाता/अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं ९ बसेनीमा रहेको सगरमाथा आधारभूत विद्यालयले शिक्षक शर्मिला पौडेललाई एक कार्यक्रमका बिच विदाई गरेको छ ।

 

करिब ५ वर्ष उक्त विद्यालयमा शिक्षण गरी कपिलवस्तु सरुवा हुनुभएकी शिक्षक पौडेललाई बिहीवार औपचारीक विदाई गरीएको थियो । २०७२ साल देखि उक्त विद्यालयमा शिक्षण गर्नु भएको थियो ।

 

पौडेलको विदाई कार्यक्रममा विद्यालयका अध्यक्ष चुमानसिंह परियारको अध्यक्षता र शितगंगा – ९ का वडा सदस्य पवित्रा परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगाएत अभिभावकहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक हिरा बहादुर खड्काले गर्नु भएको थियो ।