आइतवार, असार २१, २०७७

शैक्षिक यात्राको इतिहासकै नमुना पात्र लुईचे को हुन् ?

गणेश बेल्बसे संगम/अर्घाखाँची । खुम बहादुर लुईचे को हुन ?

१. प्रतिभाशाली एवं जुझारु युवा नेता ।
२. समाजसेवी नेता ।

३. विभिन्न उपभोक्ता तथा योजनाका सफल अध्यक्ष ।

४. समाजलाई सुधार गर्न समुदायलाई परीचालन गर्न सक्ने पर्खर व्यक्ती ।

५. सरल जीवन र मिजासिलो व्यवहार भएका व्यक्ति ।

६. वडा नं.९ का आशाका केन्द्र ।

७. परिवर्तनका सम्वाहक ।

८. यथार्थ र हाकी स्वाभावका ,अन्याय विरुद्ध खरो स्वभावका व्यक्ति ।

९. प्राकृति, धार्मिक, साँस्कृतिक र पर्यटकीय साथै विविध स्रोत र साधनको सहि सदुपयोग गरि वडाका योजनालाई सफल बनाउन २४ सै घण्टा चिन्तन बोकेका एक मात्र कर्मठ सामाजिक व्यक्तित्व जसले कुरा होईन काममा विस्वास गर्छ ।
१०. आर्थिक प्रलोभनमा नपर्ने व्यक्ति ।

११. धन कमाउने उद्देश्य नराखी अनवरत सामाजिक कार्यमा अग्रसर व्यक्ति ।

१२. जुनसुकै व्यक्तिलाई समस्या परेमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्न पछि नपर्ने व्यक्ति ।

१३.पाँकुरी आधारभूत विद्यायालका अध्यक्ष पदमा रहि विद्यालयको सम्रग पक्षको विकासमा टेवा पुर्याउने व्यक्ति

मेरो अनुभव : गणेश बेल्बासे संगम

मेरो करिब ७ वर्षको शिक्षण पेसाको यात्रामा एउटा नमुना पात्र संग काम गर्ने अवसर पाएकोमा म आफुलाई गौरवान्वित ठान्दछु । मैले आफु जस्तो असल र नमुना पात्र पाँउदा करिब साढे ३ वर्ष कसरी बित्यो थाहै पाएन । उहाँको त्यो सामाज सेवाको भावनाबाट अभिप्रेरित भई आफुलाई पनि त्यसतै बनाउने प्रयत्न गरें ।

 

वि.स. २०७२ फागुन १० गते शितगंगा नगरपालिका वडा नं.९ मा अवस्थित पाँकुरी निम्न माध्यमिक विद्यालयमा रिक्त प्रावि तहको दरबन्दिमा दरखास्त राख्ने क्रममा उहाँ सँग भेट भयो । जब वि.स. २०७३ जेष्ठ १५ गते जिल्लाले लिएको शिक्षक छनौट परिक्षामा सफल उमेद्‌वारका रुपमा घोषित हुन सफल भएँ उहाँको विद्यालयमा काम गर्ने अवसर पाँए । जब म त्यस विद्यालयमा शिक्षण गर्न सुरु गरें एउटा असल अभिभावकको साथ मिल्यो । वि.स. २०७४ भाद्र २७ गते गते उहाँको एकल निर्णयबाट प्रअको जिम्मेवारी सम्हाले । प्रअ पछिको हाम्रो सम्बन्ध अझ प्रगाढ बन्दै गयो । मैले नयाँ नयाँ योजनाहरु ल्याउन थाले उहाँको भरपूर्ण साथ मिल्दै गयो र मात्र पाँकुरी विद्यालयलाई एउटा उचाईमा पुर्‍याउन सफल भयौं ।

                       

             शितगंगा नगरपालिका वडा नं.९ का जनताका ढुकढुकी बन्न सफल बनेको नाम हो खुम बहादुर लुईचे । जनताका विभिन्न कार्यक्रममा घरदैलोमा पुगेर सरिक भएर उनीहरुलाई उर्जा थपेर वडाको विकासका लागि सबैको सहकार्य हुनु पर्दछ भन्ने विचार राख्ने लुईचे २०७४ सालको स्थानिय चुनावमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । राजनीतिमा सक्रियता देखाउदै आएका उनलाई वडाका सबै राजनीतक दलप्रति आस्था राख्ने सयौं युवाहरुका प्रिय पात्र बनेका लुईचे एक नमुना पात्र समेत हुन । वडा नं. ९ का गाँउगाँउमा पुगेर जनताका समस्या एवम वडाको विकासका लागि के गर्न सकिन्छ भनि अनवरत समाज सेवामा समर्पित हुने गर्छन । उनी त्यसो त वडा नं. ९ कै शैक्षिक धरोहर पाँकुरी आधारभूत विधालय अध्यक्ष समेत हुन ।

राजनीतिलाई कमाई खाने पेसा बनाऊनु हुदैन, यो त केवल सामाज सेवाको नीति हो भन्ने सोचाई राख्ने वडा सदस्य लुईचे वडाको विकासका लागि पर्ने धेरै बजेट तथा योजनाहरुलाई सफल बनाउन सधै अग्रसर हुन्छन । त्यसैले पनि धेरैका प्रिय र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने र जनताका समस्या बुझ्न उनीहरुकै गाँउ घरमामा पुग्ने लुईचेले राम्रो मत ल्याएर स्थानिय निर्वाचनमा विजयी हासिल गरेको ईतिहास बनेको थियो ।

युवाहरुका ढुकढुकी बनेका लुईचेले समाजमा भिज्न जानेका र सामाजिक क्षेत्रमा थुप्रै विकास निर्माणका कार्यमा सरिक रहेका उनी युवाहरुका मात्र होईन अन्य उमेर समुहका सबैका प्रिय पात्रका रुपमा चिनिन्छन । गाउघरमा पुगेर जनताका रायसुझाव र गुनासाहरु सुन्ने गरेका उनले आफ्नो वडालाई पर्यटकीय क्षेत्र, समृद्ध वडा, कृषि पेशालाई व्यवसायिकरण, शिक्षा, स्वाथ्यको क्षेत्रमा सुधारका कार्यक्रम तथा भष्ट्राचालाई शुन्य सहनशिलतामा झार्ने तथा सडक, पुलकुलेसा बनाउने जस्ता योजनाहरुमा अगाडि सर्छन ।

उहाँको कार्यकाल सफल र सुखद रहोस शुभकामना !