मङ्लबार, साउन २७, २०७७

तेस्रो साधारणसभा तथा अधिवेशनको तयारीका लागि सिद्धारा सहकारीको बैठक सम्पन्न

गणेश बेल्बासे संगम/अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ मा अवस्थित सिद्धारा कृषि तथा पशु विकास महिला कृषि सहकारी संस्था लिमिटेडको कार्यसमितिको वैठक आज शनिवार सम्पन्न भएको छ । वैठकले सहकारीको तेस्रो साधारण सभा तथा अधिवेशनको पूर्व तयारी लागी विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको हो ।

 

बैठकले सहकारीको तेस्रो साधारण सभा तथा अधिवेशनको लागि मिति र स्थान तय गरेको छ । आगामी पौष ६ गते आईतबारका दिन कपिलवस्तुको बुद्धभूमि-९ साना किसान सहकारी संस्थाको हलमा बिहान १० बजे देखि सुरु हुने गरी तय गरिएको सहकारीको कार्याबाहक अध्यक्ष दिलमाया घर्तीले बताउनु भयो I

 

उक्त अधिवेशनमा आ.व. ०७५/७६ मा योगदान पुर्‍याउने कृषक समूह तथा विभिन्न संघ संस्थाहरुलाई सम्मान गर्ने, अडिट रिपोर्ट पारित गर्ने, सहकारीका विभिन्न आवश्यक नितीहरु कार्यान्वयनका लागि पारित गर्ने, संस्था संचालनको लागि सहकारी ऐन २०७४ बमोजिम सहकारीको विनियम संसोधनको लागि साधारण सभामा पेश गर्ने, प्रतिवेदन प्रकाशन गरी साधारण सभा पहिले समूह समूहमा संस्थाको आ.व. ०७५/७६ मा गरेका कार्यहरू र ०७६/७७ का लागि प्रस्तावित निती तथा कार्यक्रमहरु माथि समूहगत छ्लफल गरी साधारण सभामा पेश गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

वैठक सहकारीको कार्यबाहक अध्यक्ष दिलमाया घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो । मेस्डो नेपाल कपिलवस्तुका प्रतिनिधी मेघराज पाण्डेले बैठकमा सहजिकरणको गर्नु भएको थियो ।

यस सहकारीलाई हेफर इन्टरनेशनल नेपाल र मेस्डो नेपाल कपिलवस्तुले सुशासन, संस्थागत विकास, व्यवसायिक विकास, वित्तिय व्यवस्थापन र बजारिकरणमा सहयोग गर्दै आईरहेको छ ।