आइतवार, माघ ५, २०७६

सागले ल्यायो मुलुकको अर्थतन्त्रमा बहार

 

काठमाडौंमंसिर २४।१३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ ।नेपालसहित ७ देश सहभागी रहेको विभिन्न २७ खेलका लागि काठमाडौं, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो ।

देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत अवलम्बन गर्दा पोखरावासी हर्षित छन् ।

यसले तीनै तहका सरकारले राष्ट्रिय पर्वका रूपमा यसको अपनत्व लिएका छन् । नेपालबाटै जन्मेको सागको तेस्रो संस्करणमा नेपालले ऐतिहासिक पदक पाएको छ भने मंगलवार यसको समापन हुँदैछ । कारोबार दैनिकमा खबर छ ।