शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अंक तालिकामा भारतसँग पछि प-याे नेपाल

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारत शीर्ष स्थानमा उक्लिएको छ ।हिजो(बुधबार)का खेलहरु सकिंदा भारतले ३४ स्वर्ण पदक जितेको छ । २९ स्वर्ण पदक जितेको नेपाल दोस्रो स्थानमा छ ।९ स्वर्ण पदकहित पाकिस्तान तेस्रो स्थानमा उक्लिंदा श्रीलंकाको ८ स्वर्ण पदक रहेको छ । चार स्वर्ण पदकसहित बंगलादेश पाँचौ स्थानमा छ भने माल्दिभ्सले एउटा स्वर्ण पदक जितेको छ ।

अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको भुटानको खातामा चारवटा कास्य पदक रहेको छ ।दक्षिण एसियाली खेलकुद सागको इतिहासमा नेपालले स्वर्णपदकको संख्या एक सय पु¥याएको छ ।१३ औं सागको तेक्वान्दोमा हिजो सक्षम कार्कीले स्वर्ण जितेसंगै समग्रमा अहिलेसम्मका स्वर्णपदकको संख्यामा नेपालले शतक बनाएको हो ।१२ औं सागसम्म ७१ स्वर्णपदक जितेको नेपालले जारी १३ औं सागमा स्वर्णपदकको संख्या २९ पुर्‍याएसँगै ऐतिहासिक कोसेढुंगा पार गरेको हो