शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अपडेटः सागमा नेपालले जित्यो २३ स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी राखेको छ । तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन मंगलबार दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा स्वर्ण जिते । फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अंकले हराए ।

मंगलबार काजल श्रेष्ठले पनि तेक्वान्दोमा स्वर्ण दिलाइन् । मंगलबार नेपालले तेक्वान्दोबाट दुई, कराँतेबाट दुई, उसुबाट दुई, एथलेटिक्सबाट र ट्रायथलनबाट एक एक गरी आठ स्वर्ण जितेको छ ।