सोमवार, चैत्र १७, २०७६

रेडियो शितगंगाको प्रथम साधारण सभा सम्पन्न

गणेश बेल्बासे संगम/अर्घाखाँची । शितगंगा मिडिया प्रालीद्वारा संचालित रेडियो शितगंगाको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । साधरण सभाबाट पुन: नारायण शर्माको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति गठन गरेको छ । जसको सदस्यमा नुमेन्द्र पौडेल , ऋषि घिमिरे, बिष्णु पौडेल ,शिवकला विक, लुना पोख्रेल, डिलबहादुर गुरुङ लगायतका व्यक्ति रहने गरि कार्य समिति गठन गरेको हो ।

यस्तै साधारण सभाबाटै चिन्ताराज अधिकारीको संयोजकत्वमा ५ सदस्यिय लेखा समिति गठन गरिएको छ । जसको सदस्यका गणेश बेल्बासे संगम, भिम पौडेल लगमयतका रहनु भएको छ । यस्तै टिका रेस्मिको संयोजकत्वमा ७ सदस्यिय सल्लहकार समिति गठन गरिएको छ । जसको सदस्यमा लोकेन्द्र पौडेल, ज्योती पौडेल, भिम केसी, मणि अधिकारी, बिष्णु बहादुर सिंह रहनु भएको छ । यस्तै सरक्षंकमा शितगंगा नगरपालिका, छविलाल पौडेल र वसन्त श्रेष्ठ रहने छन् ।

रेडियोका अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा सेयर सदस्य नुमेन्द्र पौडेललको सञ्चालनमा सम्पन्न साधारण सभामा अध्यक्ष शर्माले कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । यस्तै प्रबन्ध निर्देशक नवराज भुसालले रेडियोको कार्ययोजना तथा आय व्यय प्रस्तुत गर्नु भएको थियो ।