शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

जन जागृति माविको वि.व्य.स. गठन, अध्यक्षमा केसी सर्वसम्मत चयन

गणेश बेल्बासे संगम, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० स्थित जनजागृति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ । आज बिहीबार बसेको अभिभावक भेलाले भिम बहादुर केसीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको पूनर्गठन गरेको हो ।

 

अभिभावक भेलामा सेवा क्षेत्रका अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थिती रहेको थियो । सोही भेलाले आफूहरु मध्येबाट छानी पठाएका २ महिला सहित ४ जना सदस्यमा महिला सदस्यमा रेनु बेल्बासे र डाल कुमारी भण्डारी अन्य सदस्यमा सालिकराम पोख्रेल र बाल कृष्ण बेल्बासेलाई सर्वसम्मत चयन गरेको थियो ।

 

त्यस्तै जेष्ठ सदस्य बालकृष्ण बेल्बासेको अध्यक्षतामा बैठक बसी विद्यालयका संस्थापक, स्थानीय वुद्दिजिवी, शिक्षाप्रेमी, सहयोगी वा चन्दादाताहरु मध्येबाट भिम बहादुर केसी र महिला सदस्यमा बिमला मल्ललाई विद्यालय व्यवस्थापन समिति सदस्यमा मनोनित गरेको छ । पदेन सदस्यमा वडाध्यक्ष हिम्मत पोख्रेल रहनु भएको छ भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रोमाखर बन्जाडे रहनु भएको छ ।
स्टाप बैठकले वि.व्य.स. मा शिक्षक प्रतिनिधीको लागि पछि सिफारिस गर्ने भएको छ ।

 

विद्यालय व्यवस्थापन समितिको समयावधि सकिए पछि नयाँ समिति गठन गर्नुपर्ने आवश्यकता देखिएको हो । शिक्षा ऐन आठौं संसोधन अनुसार नयाँ विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभावकहरुले आफूहरु मध्येबाट छानी पठाएका २ महिला सहित ४ जना सदस्य, विद्यालय रहेको वडाको वडा अध्यक्ष वा वडा समितिका सदस्यहरुवाट मनोनित १ जना सदस्य, विद्यालयका संस्थापक, स्थानीय वुद्दिजिवी , शिक्षाप्रेमी, सहयोगी वा चन्दादाताहरुमध्येवाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेको १ महिला सहित २ जना सदस्य, १ जना शिक्षक प्रतिनिधि र प्रधानाध्यापक सदस्य सचिव रहने प्रावधान रहेको छ । त्यस्तै गरी चुनिएका सवै सदस्यहरुमध्येवाट १ जना अध्यक्ष छानिने प्रावधान नयां शिक्षा ऐनमा उल्लेख छ ।